Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुडीरहेको जिपको टायर फुस्कियो, एक घाइते

Published on 2:41:00 PM //


विष्णु पौडेल
गुल्मीको सदरमुकाम तम्घास नजिकैको उपल्लो तम्घासमा जीप दुर्घटना हुँदा १ जना गम्भिर घाइते भएका छन् । सदरमुकाम तम्घासवाट मजुवाका लागि छुटेको जीप दुर्घटनामा परी जीपका सहचालक जुभुङ गाविस वार्ड नम्वर ४ का १८ वर्षीय खीम वहादुर रजाली गभिर घाइते हुनुभएको हो । 
घाइते रजालीको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार पछि थप उपचारका लागी लुम्विीनी मेडिकल कलेज प्रवास पाल्पा रिफर गरिएको जिल्ला अस्पताल तम्घासले जानकारी दिएको छ । जिप विहान साढे पाँच वजेतिर अचानक अगाडिको टायर फुस्किएपछि दुर्घटना भएको जिल्ला ट्राफिक कार्यलय गुल्मीले जनाएको छ । जीपमा सवार अन्य यात्रु भने सकुशल रहेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग