Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफ्नै छोराको हत्या गर्ने २५ बर्ष पछी जेल चलान

Published on 12:02:00 AM //


गुल्मी २५ वर्ष अगाडि आफ्नै छोराको हत्या गर्ने गुल्मीका एक ब्यक्ति २० बर्षका लागि जेल चलान भएका छन । गुल्मी जिल्ला वामी गाविस वडा नम्बर ५ निवासी डिलाराम आचार्य प्रहरीको प्रक्राउ पछि जिल्ला अदालतले सर्वस्व सहित २० वर्ष कैद सजायको फैसला गरि जेल चलान गरेको हो । २०४२ सालमा आचार्यले आफ्नै छोरा लोकहरी आचार्यलाई कुटेर हत्या गरेका थिए ।
हत्या गरेपछि अहिलेसम्म फरार रहेका ६२ बर्षिय डिलाराम आचार्य लामो समयसम्मको प्रहरीको अनुसन्धानबाट नवलपरासीको सुनवलमा प्रक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यलय गुल्मीले फरार आचार्य नवलपरासीको सुनवलमा बसोबास गरेको थाहा पाएपछि प्रहरीको एक टोलीलाई केही समय त्यस क्षेत्रमा परिचालन गरि प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरिक्षक पदम प्रसाद सुबेदीले बताउनुभयो ।
पक्राउ परेका आचार्यलाई आफुले जिल्ला अदालत, गुल्मीमा पेश गरेको र अदालतले सर्वस्व सहित २० वर्ष कैद सजायको फैसला गरि जिल्ला कारागार, गुल्मीमा चलान गरेको समेत प्रहरी नायव उपरिक्षक सुबेदीले बताउनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग