Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रतिक्षालयमा मृत फेला परेको शबको सनाखत हुन सकेन

Published on 10:22:00 PM //


शिबलाल सुबेदी
यही बैशाख ११ गते गुल्मीको रुरु गाविस वडा नम्बर ६ स्थित रिडी बर्सपार्कको प्रतिक्षालयमा मृत्य अवस्थामा भेटिएका एक पुरुषको अहिले सम्म पनि सनाखत हुन सकेको छैन।
करिव दुई साताबितिसक्दा पनि यसरी मृत्य अवस्थामा फेला परेको ब्यक्तिको नाम-थर र ठेगाना पत्ता नलागे पछि जिल्ला प्रहरी कार्यालय गुल्मीले उक्त ब्यक्तिको हुलिया प्रमाणका लागि सञ्चारकर्मिहरुलाई आग्रह गरेको छ । बैशाख ११ गते बिहान गुल्मीको रिडी वसपार्कको प्रतिक्षालयमा मृत्य अवस्थामा भेटिएका ती ब्यक्ति गहुगोरो बर्ण, लामो दाह्री कपाल भएको, अन्दाजी ५ फिट उचाई भएको र खैरो हरियो धर्के सट र खैरो पाइन्ट लगाएको मधेसी मुलको जस्तो देखिने पुरुषको अहिलेसम्म पनि केही नखुलेकाले प्रहरीले सञ्चारकर्मीहरुलाइृ ती मृत्य अवस्थामा फेला परेका ब्यत्तिको सनाखत गर्न सजिलो होस भनि आग्रह गरेको हो । 
जिल्ला प्रहरी कार्यलयबाट शव जाचँ, तथा मुचुल्काको कार्य सम्पन्न गरि शव प्ररिक्षणका लागि जिल्ला स्वास्थ्य कार्यलय गुल्मी तम्घासमा राखिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रहरीले यदी यस्तो ब्यक्ति कसैको आफन्तसगँ मेल खाएमा जिल्ला प्रहरी कार्यलय गुल्मीमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग