Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागिबाट ५० लाखको क्षति

Published on 2:33:00 PM //

सीता भण्डारी,
गुल्मीको वलेटक्सार वजारमा एक घर र फर्निचरमा आगलागि हँदा करिव ५० लाख वरावरको क्षति भएको छ । वलेटक्सार वजार निवासी ईश्वरीप्रसाद ज्ञवालीको घर र फर्निचरमा गएराति आगलागि हुँदा सो वरावरको क्षति भएको श्रृङ्गा प्रहरीचौकिले जनाएको छ । आगलागि हुँदा घर र फर्निचरमा रहेका सवै सामग्री जलेर नष्ट हुनुका साथै गोठमा रहेका ४ ओटा वाख्रा जलेका छन् भने फर्निचरमा कार्यरत नारायणकाजी श्रेष्ठ घाईते भएका छन् ।
आगलागि स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो । फर्निचरमा कामगर्ने कामदारदले खाना पकाउने भुसेचुलोवाट आगो सल्कीएको बताईएको छ । आगलागिमा परी घाईते श्रेष्ठलाई स्थानीय मेडीकलमा सामान्य उपचार पछि थय उपचारकालागि पाल्पा स्थीत मिसन अस्पतालमा लगिएको पारीवारीक स्रोतले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग