Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१० दिनदेखि अवरुद्ध विधुत सुचारु भएन

Published on 2:30:00 PM //


गुल्मीको विरवासमा विगत १० दिनदेखि अवरुद्ध विधुत सेवा अझसम्म पनि सुचारु हुन सकेको छैन । सामुदायिक विधुतको ११ किलोवाट लाईनको ट्रान्फर्मर विग्रदा विरवास गाविस वार्ड नं. १ को वाख्रे, वार्ड नं. २ को रिमी र अम्लेखर्क गाउँका गरी करिव २ सय ५० घरपरिवार विधुत सेवा उपभोग गर्नवाट वञ्चित भएका छन् ।
विधुत अवरुद्ध हुदा त्यसक्षेत्रमा कुटानीपिसानी र मोवाईल चार्ज गर्नकालागि करिव १ घण्टा टाढा पुग्नुपर्ने बाध्यता भएको स्थानीयवासीको भनाई छ । कक्षा १२ को परीक्षा सञ्चालन भईरहेको समयमा यसरी विधुतसेवा अवरुद्ध हुँदा आफुहरुलाई पढ्नकालागि निकै समस्या भएको र यस सम्वन्धमा विधुत उपभोक्ता समितिलाई जानकारी गराउदा समेत कुनै चासो नदेखाएको विधार्थी राजन
थापाले गुनासो गर्नुभयो । उता सामुदायिक विधुत उपभोक्ता समिति अध्यक्ष रामप्रसाद कंडेलले ट्रान्सफर्मर मर्मतकार्य भईरहेकाले केहीदिनमा विधुत सुचारु हुने वताउनुभएको सहकर्मि न्युटन वरालीले जानकारी दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग