Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

केहि दिनदेखि बेपत्ता सभाषद पिता मृत फेला

Published on 11:25:00 AM //


जनार्दन घिमिरे 
गुल्मी क्षेत्र नंम्वर तीनका सभाषद् चन्द्र वहादुर थापा(सागर) लाई पितृशोक परेको छ । गुल्मीको क्षेत्र नम्वर तीन अन्तर्गत दोहोली गाविस ९ स्थित कोटकोटेरी निवासी ८४ वर्षीय ईन्द्र वहादुर थापा वुधवार दोहोली गाविसकै गोदुङ् खोलामा मृत अवस्थामा फेला पर्नु भएको थियो । गत तीनदिनदेखि घरवाट वेपत्ता वन्नु भएका थापालाई आफन्त र स्थानीयवासीले खोजी गर्ने क्रममा वुधवार वेलुकिपख स्थानीय खोलामा मृत अवस्थामा फेला पारेका थिए । 
थापाको सवलाई हिजै छोरा चन्द्रवहादुर थापा सागरलाई जिम्मा लगाईसकेको जिल्ला पहरी कार्यालय गुल्मीले जनाएको छ । उहाँ वावु वेपत्ता भएको जानकारी पाएपछि हिंजो नै गुल्मी आईपुग्नु भएको थियो । थापा विगत केही वर्षदेखि उच्च रक्तचापका विरामी समेत हुनुहुन्थ्यो ।

  

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग