Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विदेशवाट फर्किनेहरु तरकारी खेतीतिर

Published on 11:05:00 PM //


लाखाँ खर्च गरेर विदेशमा पैसा कमाउन जानेहरु त्यहाँको अनुभव संगालेर स्वदेश फर्केपछि गुल्मीका अधिकांश युवाहरु व्यवसायिक तरकारी खेतीमा लागेका छन् । गुल्मी ठुलोलुम्पेक गाविस वार्ड नं. ७ का हिमवहादुर कुवँर कतारवाट ६ महिनामा स्वदेश फर्केपछि अहिले उनी व्यवसायीक तरकारी खेतीमा लागेर वाषिर्क डेढ लाख रुपैयाँ आम्दानी लिन थालेका छन भने कुवँरले सो गाविसका अन्य युवाहरुलाई समेत समुहमा संगठित गरी सामुहिक तरकारी खेतीतर्फलाग्न समेत प्रेरित गरेका छन् । 
त्यस्तै ११ वर्ष भारतको दिल्लीमा तथा तीन वर्ष मलेसियाको रोजगारीवाट फर्किएका गुल्मी अर्खले ४ भुवनपानीका ३६ वर्षीय लालमणी खनाल पनि व्यवसायीक तरकारी खेतीमा लागेका छन् । यस्तै अर्खले ३ का चुरावहादुर पाण्डे झण्डै तीस वर्षम्म भारतमा वसेर गत सात महिना अघि घर फर्किएर व्यवसायिक तरकारी खेती शुरु गरेका छन् । 
खनाल र पाण्डेले यतिवेला टमाटर खेतीवाट मात्रै तीस देखि ४० हजार रुपैँया आम्दानी हुने अपेक्षा राखेका छन् । उनीहरुले खुर्सानी , फर्सी, वन्दा, काउली लगायतका तरकारी खेती गरेर डोकोमा वोकी सदरमुकाम तम्घासमा ल्याई वेच्ने गरेका छन् । प्राकृतिक प्रकोप र रोग व्याधीले धोका नदिए एक सिजनकै तरकारी खेतिवाट सजिलै वर्ष भरको घर्र खर्च चलाउन सकिने र अर्को सिजनको पुरै वचत गर्न सकिने वताउँदै उनीहरुले लाखौ रुपैँया खर्च गरेर विदेश जानु भन्दा नेपालमानै वसेर काम गर्न सवैलाई सल्लाह दिएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग