Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खोलामा डुबेर एक बालिकाको मृत्‍यु

Published on 8:31:00 PM //

सन्जु थापा
पौंदीअमराई गा.वि.स. वडा नं. २ गुल्मी निवासी एक वालीकाको दगातुन्डाँडा गा.वि.स.को वडा नं. ८ राक्से ओदर्दीको बडीघाट खोलामा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको छ । सन साइन बोर्डिङ स्कुल पौंदीअमराईमा कक्षा ४ मा अध्ययनरत ११ वर्षीया मनिषा गिरीको नजानी नजानी पौडीन गएका कारण मृत्यु भएको हो ।
 पौडी खेल्ने क्रममा डुबेको करीव आधा घण्टापछि खोलामा माछा मारी रहेका जलारी चन्द्रबहादुर बलामीले खोलाबाट निकाल्नुभएको थियो । घटनास्थलमा दगातुन्डाँडा गा.वि.स.को वडा नं. ७ रहेको अस्थाई प्रहरी पोष्टबाट घटना स्थलमा प्रहरी पुगेको र पोष्टमार्टमका लागि इलाका प्रहरी कार्यालय हरीचौर पुर्याउने तैयारी भएको असई धर्मराज गिरीले जानकारी दिनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग