Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जडीबुटी पहिचान र संरक्षणका लागि सञ्जाल गठन

Published on 1:37:00 PM //


घनश्याम गौतम 
जडीबुटीको पहिचान, व्यवस्थापन र संरक्षणका लागि वन कार्यालयको पहलमा जिल्ला स्तरीय सञ्चालन गठन भएको छ ।
जिल्लामा पाइने जडीबुटीहरुको पहिचान गर्ने, तिनीहरुको संरक्षण, व्यस्थापन र व्यापारमा सहयोग पु¥याउने, उत्पादक किसानहरुको ज्ञान, शिप बढाउने र जडीबुटी खेतीलाई व्यवसायीकरण गर्ने उद्देश्यले संजाल गठन गरिएको हो । सञ्जालको संयोजकमा जिल्ला बन कार्यालयका प्रमुख शिवप्रसाद शर्मा रहेका छन् ।
तस्बिर: धौलाश्री डट कम
सदस्यहरुमा जडीबुटी प्रशोधन संस्थाबाट गणेश श्रेष्ठ, व्यापारीबाट बिरबहादुर कार्की र तेजेन्द्र थापा, नर्सरी संचालकबाट पुष्पराज भट्टराई, कृषकबाट माधव पन्थी, उत्पादक सञ्जालबाट कृष्ण अर्याल, परम्परागत वैद्यहरुबाट थानेश्वर पन्थ, संस्थागतमा सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष रामल्ल ठकुरी, पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, आयुर्वेद स्वास्थ्य केन्द्रका कमल आचार्य, महिला विकास अधिकृत जमुना पौडेल र जिल्ला भु–संरक्षण कार्यालयका सोमनाथ आचार्य छन् । 
सञ्जालको सदस्य सचिवमा जिविस अधिकृत शंकर गौतम छन् । सञ्जालले पहिलो चरणमा जिल्लाका तिन वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय स्तरका सञ्जाल गठन गर्ने छ । त्यस्तै जिल्लाबाट चोरी निकासी भैरहेको बन पैदावार, जडीबुटी तथा गैह्रकाष्ठको संरक्षण एवं प्रवर्धनमा समेत कार्यक्रम संचालन गर्ने सञ्जालले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग