Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हामी पीडित भयौँ, न्याय कसले दिने ?

Published on 1:35:00 PM //


देश वेदनाले छट्पटाएको बेला सर्वसाधारणका पिर-मर्काका कुरा, को नै सुनेर बस्छ र ! तर पनि सचेत नागरिकका हिसाबले हामी यहाँ राजनैतिक संरक्षण र पहुँचको आधारमा एउटा अतिचारको नमूनाका बारेमा जानकारी गराउँदछौ । हुनतः यस्ता घटना देशभर नरहेका होइनन् । जुन सर्वसाधारण जनता सर्वदलीयताका नाममा गरिने यस्ता निर्णयका कारण आफु माथि गरिएको अतिचार टुलुटुलु हेरेर बस्न बाहेक अरु के नै गर्न सक्छन् ।
गुल्मी जिल्ला भन्भने गाविस वार्ड नं. २, ३ र ९ लाई भनी जिल्ला खानेपानी (जि. खा.पा.) योजना अन्तर्गत भर्जी-भैकमारे-बडाचौर खानेपनी योजना सञ्चालनको चरणमा छ । जहाँ उपभोक्तालाई कुनै सूचना नै नदिई सर्वेक्षण, उपभोक्ता सतिति गठन, योजना कार्यान्वयन जस्ता कार्य केहि व्यक्तिहरूको मनोमानी ढङ्गबाट गरिएको छ । पूर्ण सरकारी योजना सञ्चालन भैसकेको स्थानका व्यक्तिलाई तथा मूल ट्याङ्की भन्दा ५०० मिटर माथिका व्यक्तिलाई (त्यो बीचमा अर्को खानेपनी योजना सम्पन्न भैसकेको छ ) पनि उपभोक्ता देखाइ पानीको परिमाण एकतर्फी बढाईएको छ ।
 उपभोक्ता सङ्ख्या, पनीको परिमाण, लागत जस्ता योजनासँग सम्बन्धित कुरालाई पनी गोप्य राख्नु अनियमीताको नियत स्पष्ट झल्किन्छ । सुन्नमा आएको (उपभोक्तालाई कुनै जानकारी नगराइएको कारण) ७४ लाखको योजना सञ्चालन गर्दा उपभोक्ता समिति मार्फत् गर्नुपर्नेमा स्वयम् जि.खा.पा.र डि.इ.को नाममा सञ्चालन गरिँदैछ । असार मसान्त सम्म सञ्चालन गरिसक्नुपर्ने योजना अहिलेसम्म पनि वस्तविक उपभोक्ता किटान गरिएको छैन भने उपभोक्तको जानकारी विना नै केही सामान पनि खरिद गरिसकिएको छ ।
पहिलो सर्वेक्षणमा ४.१ लि प्रति सेकेन्ड पनी आउने भनीएकोमा पछि फेरि जिल्लामा बसेर ६.१ मा आउने मनगढन्ते योजना बनाईएको छ । खाने पानबिाट बञ्चित २ नं.का जनताको निवेदनको सुनुवाईको नाममा केवल १–२ धारा थपी आँखामा छारो हाल्ले काम मात्र भएको यस योजनामा चरम अनियमितताको खेल भएको स्पष्ट हुन्छ । पिडित उपभोक्ताको गुनासो सुन्नुको साटो कुनै सरोकार नभएका दुई-चार राजनैतिक दलका नाममा यो योजना जसरी पनी सम्पन्न गर्ने गरी अगाडि बढेको र वास्तविक उपभोक्तालाई पनीको हकबाट मात्र नभई सूचनाको हकबाट समेत वञ्चित गरिएको छ । 
भन्भने र हाडहाडे गाविसको सिमामा पर्ने खोलाको मुहानबाट ल्याउन लागिएको यस खानेपानी सरोकारवालासँगको कुनै छलफल र स्वीकृति वेगर भन्भने गाविस सचिव र हाडहाडेका तत्कालीन सचिवले सुटुक्क मुहान खुला गरिएकोमा सरोकारवालाको गुनासो जिविस, जिल्ला प्रशासनले समेत कुनै सुनुवाई नगरेकाले पनि यस योजना सञ्चालन नियतमाथि प्रश्न उठाउनुपर्ने देखिन्छ । भकारे खोलाको खानेपनी योजनाको लागि भनी गरिएका दस्तखतलाई दुरुपयोग गर्दै यस यो योजनाको लागि प्रयोग गरिएको छ ।
यस योजनाले करोडौं लागतमा सम्मन्न सिञ्चाइँ, ५ जलविद्युत, तथा ५२ घरधुरीले प्रयोग गर्दै आएको खानेपनीको मुहान नै सुक्ने गरी खानेपनीको नाममा सिञ्चाइँ परियोना लागू गर्ने प्रयास गरिएको छ । गाविस, जिविस, जिल्ला प्रसाशनले पनि सुनुवाई नगरिदिएकोले आखिरमा हामीलाई न्याय कसले दिने ? यसरी नक्कली उपभोक्ता खडागरी वास्तविक उपभोक्तालाई खानेपनीबाट, सूचनाका वञ्चित गर्दै केवल सरोकार बाहिरका एकपक्षीय निर्णयका आधारमा योजना सञ्चालन गर्नुको नियत प्रष्ट नभई योजना अगाडि नबढाउन तथा वस्तविक उपभोक्ताको स्वकिृतिबाट मात्र कार्य गर्न आग्रह गर्दछौं ।

पीडित उपभोक्ताहरू
भर्जी भैकमारे बडाचौर खानेपानी योजना 
बडाचौर, गुल्मी

1 comment

  1. yasta karya sabaitira chan sabaile aafno thaubat bhandafor garnu parcha

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग