Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अब के दिन्छन जनतालाई नेताले?

Published on 8:17:00 PM //

बिष्णु थापा
हाम्रो देश नेपाललाई लामो समय सम्म संविधान विहीन वनाउनुमा मुख्यतः ठूला तिनदल नै प्रमुख बाधकको रुपमा देखिन्छन् । प्रमुख दलका मुख्य नेताहरु खाली कुर्ची र सत्तामा रुमलिएका छन् । सरकारको लागि यति घिनलाग्दा खेलहरु खेल्दै छन् कि प्रतिपक्ष पार्टीको भुमिका आफनै पार्टीबाट गर्दछन्, ६०१ जना सभासद जनताको मत र ०६२-०६३ को म्यानडेट पुरा गर्न भन्दा आफ्नो पार्टीको स्वार्थमा लागि रहेका छन् ।
३ वर्ष सम्म जनतालाई संविधान नवन्नु दुःखको विषय हो, जनताले नेताहरुमा विश्वास गर्ने पनि कसरी जनता पटक पटक आन्दोलित भए देश परिवर्तन गर्न चाहे तर नेताहरुले जनभावनाको कदर गरेका छैनन् । पार्टी-पार्टीको बिवाद भन्दा आन्तरीक द्वन्दमा रुमलिएका छन्, के यो जनताको अगाडी भ्रम त होईन ? तिमी हाने जस्तो गर म रोए जस्तो गर्छु हो कि ? जनताले यसको पर्दाफास गर्नै पर्छ, जनताले यो कुरालाई बुझेर नै झलनाथको गालामा चड्कन हान्नेलाई जनताले स्वगत गरेका हुन, यदि तीन करोड नेपालीले यो रुप अप्नाउने हो भने राजनेताको हाल के हुन्छ ? 
६०१ जनाले यो कुरा बुझन जरुरी छ । जनताले दिएको मत को कदर नगर्नु नेताहरुको हेलचेक्राई हो, आज नेपालमा हरेक स्थानमा राजनितीककरण हुनु नै राष्ट्रियता माथि ठुलो समस्या देखिएको छ । हस्पिटल जस्तो सम्वेदनसिल स्थानमा राजनितीक खिचातानी हुनु भनेको चिन्ताजनक बिषय हो, नेपालमा संघियता वोर्डर पारीको गोरेटो बाटो हुदै अन्तरिम संविधानमा लेखियो ।
 नेपालमा यसको विरुद्ध एक मात्र पार्टी राष्टिय जनमोर्चाले विरोध गरिरहेका छ । यो आज नेपालमा मुख्य मुद्धा र वहस वनेको छ । कतिपय पार्टीका नेताहरुले पनि संघिय संरचना नेपालमा ठिक छैन, भन्छन् तर खुलेर विरोध गर्ने हिम्मत भने गर्न सकेका छैनन्, नेपालमा जातीयताको आधारमा संघियता सविधनमा लेखियो भने देशमा ठूलो र्दुघटना हुने छ । 
मुख्य कुरा के हो भन्दा जस्ले  सङघीयता देशमा वोर्डरको गोरेटो वाटो हुदै ल्यायो सङघीयता केहि जनजाति मित्रहरुलाई क्षत्री बरामणको बिरुद्धमा मोर्चा बनाएका छन् हाम्रो देश नेपाल हिमाल देखि ताराई सम्मका गाउँ शहरमा त्यस्तो कुनै जाति छैन एक थरिमात्र बसोवास गदै आएको । यो सम्पूर्ण जनतालाई जानकारी भएकै कुरा हो । यहाँ गहीरीएर सोच्नु पन्र्ने छ । यस्तो अबस्थामा जातीय गणराज्य ठिक छ ? के हाम्रो अधिकार सुनिश्चीत होला त जातीय लडाईमा ? के नेपाली जनताले जातीय राज्यको लागि संघर्ष गरेका हुन ? यही हो त महान सहिदहरुको सपना ? हाम्रो विरोध व्यक्तिगत स्वार्थको लागि होईन राष्ट्र वचाउनको लागि र जातीय लडाई नहोस भन्नको लागि मात्र हो । 
देश अब जातीय लडाई तिर जादै छ । तर हामी फलामे किल्ला बनेर बर्गीय लाडाई लड्नेछौं । गरीखाने वर्ग को मुक्ती जातीयतामा छैन यो केबल सरकार र सत्ता कसरी बचाएर लामो समयसम्म शासन गर्ने वा चुनावी खेल मात्र हो यो फोहोरी खेलको विरुद्ध संघर्ष हुनै पर्छ । यो भएन भने भविष्यमा हामी नेपाली हो भन्न पनि पाउने छैनौ । 
विदेशीलाई नागरिता दिने विधेयक पारित गरेर राता रात लाखौ विदेशीलाई  नेपलको नागरिकता वितरण गरियो । लाखौ युवाहरु बिदे्शमा श्रमसग सघर्ष गरिरहेका जनतालाई सविधनसभाको चुनावमा मताधिकारबाट विभिन्न वहानामा वञ्चित गरीयो ठूला राजनितीक पार्टीहरुले इतिहास काल देखिनै जनचाहाना विपरित कामगरिरहेका छन् । यस खाले परिस्थीतीमा हामी प्रवासमा पनि नेपाली जनता एक ढिक्का हुनै पर्ने आवश्यकता छ । इतिहासको सच्याईलाई कसैलै प्रपञ्च रची केहि क्षणको लागी भ्रम दिंदैमा सत्यतामा बदलिन कदापी सकिदै । 
इतिहास आफै बोल्छ कसैले चोखाउँदैमा चोखिन्छ भन्नु काहाँ सम्मको महानता हो, तर,२०४६,सालदेखि यताको इतिहासलाई छातिमा हात राखेर सम्झनुहोस्त,?नेपालमा प्रजातन्त्र आयदेखिनै पटक पटक जनताले भोट दिए नेताको भनाईको कदर गरेकै हो, त्यसैले होला आफुलाई सदैको लागी राष्टका सरवश्सो ठान्नेहरु गत निरबाचन मा जनताले मुखमा कालोमोसो घसिदीए, यदि समयमा संविधान दिएनन् भने के होला? जनताले अहिले ठुलो मागपनि होईन केवल सांन्ति र संविधन मात्र हो, पार्टी नेताहरु अब अर्को चुनवमा कस्तो अनुहार लिएर जनतामाझँ जानेहुन त?

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग