Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा जंगलबाट काठ दाउरा ल्याउन नपाईने

Published on 7:36:00 PM //


गगनशिला खड्का
रेसुङ्गा जंगलबाट घाँस दाउरा ल्याउने क्रममा चोरी निकासी समेत बढेको भन्दै आगामी दिनमा घाँस र काठ-दाउरा ल्याउन समेत रोक लगाउनेमा सरोकारवालाहरु एक जुट भएका छन् । जिल्ला बन कार्यालयले आज आयोजना गरेको रेसुङ्गा वन संरक्षण तथा व्यवस्थापन सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा रेसुङ्गा क्षेत्रको संरक्षणका लागि सबै एक जुट हुने निश्कर्ष निकालिएको हो । 
सदरमुकाम तम्घासमा रहेका विपन्न परिवारहरु दैनिक गुजारा
चलाउनका लागि रेसुङ्गा जंगलबाट सुकेका दाउरा
खोजेर विक्रिका लागि तम्घास ल्याउँदै ।
तस्विर: घनश्याम गौतम
जिल्ला बन कार्यालयमा भएको अन्तर्कृया कार्यक्रममा पछिल्ला दिनहरुमा रेसुङ्गा जंगलबाट घाँस दाउराका नाममा रुख काट्ने र जडीबुटी समेत लोप हुँदै जान थालेकाले सरोकारवालाहरु त्यसको नियन्त्रण र संरक्षणमा एक जुट भएका हुन् । अन्तर्कृया कार्यक्रममा स्थानीय प्रशासन, प्रहरी, वन कार्यालय र सामुदायीक वन उपभोक्ताहरुको समेत सहयोग लिएर रेसुङ्गा जंगलबाट काठ दाउरा निकासीमा समेत पूर्ण रोक लगाउने निर्णय भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले रेसुङ्गा क्षेत्रको संरक्षण र यहाँका जडीबुटी एवं जनावरहरुको संरक्षणका लागि सबै एक जुट हुनुपर्ने बताउनु भयो । त्यसका लागि आफुले जस्तो सुकै सहयोग गर्न पनि तयार हुने उहाले प्रतिवद्धता व्यक्त गर्नु भएको छ । त्यस्तै जिल्ला बन कार्यालयका प्रमुख शिवप्रसाद शर्माले रेसुङ्गा क्षेत्रमा विनाश बढ्दै गएकोले घाँस र काठ दाउरा ल्याउन रोक लगाउने र अटेर गर्नेहरुलाई कानुनी कारवाही गर्न सबै सहमत हुनुपर्ने बताउनु भएको थियो । 
कार्यक्रममा रेसुङ्गा संरक्षण समितिका अध्यक्ष रुद्रबहादुर भुजेल, युवराज भण्डारी, टिम्बर अफ कर्पोरेशनका कार्यकारी अध्यक्ष भरतबहादुर चन्द, लगायतले रेसुङ्गा क्षेत्रको विकासमा संरक्षणमा बेलैमा सबैको ध्यान नपुगेमा यहाँको जडीबुटी, खानेपानीका मुहान र चराचुरुङ्गीहरु समेत लोप हुँदै जाने भएकाले काठ दाउरा निकासीमा समेत रोक लगाउनु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रम टिम्बर अफ कर्पोरेशनका कार्यकारी अध्यक्ष भरतबहादुर चन्दको सभापतित्व र जिल्ला बन कार्यालयका सहायक बन अधिकृत कर्ण पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग