Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

इन्सेकद्वारा गुल्मीमा कार्यक्रम अनुगमन

Published on 6:14:00 PM //

नरेश भण्डारी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गुल्मी जिल्लामा सञ्चालित मानवअधिकार शिक्षा र बालअधिकार प्रवर्द्धन कार्यक्रमको अनुगमन ०६८ वैशाख १७ गते सम्पन्न भयो ।

गुल्मीको जनसहयोग मावि अर्खलेमा बालअधिकार चेतनासमूहसँग 
अन्तरकृया गर्दै इन्सेक केन्द्रिय कार्यालयकामानवअधिकार 
शिक्षा विभाग प्रमुख मदन पौडेल ।

जिल्लामा सञ्चालित कार्यक्रमको प्रभाव, उपलव्धि र कमीकमजोरी पत्ता लगाई थप प्रभावकारी बनाउन सुझाव संकलन गर्ने उद्देश्यले गरिएको अनुगमनमा इन्सेक केन्द्रीय कार्यालयका मानवअधिकार शिक्षा विभाग प्रमुख मदन पौडेल, आरडीपी परियोजनाका प्रलेख अधिकृत वेद ढकाल र पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेलको टोलीले अनुगमन सम्पन्न गरेको हो ।

अनुगमन टोलिले ०६८ वैशाख १७ गते अर्खले गाविस-१ को मानवअधिकार महिला समूह र अर्खले गाविस-२ को सृजनशील महिला समूहमा मानवअधिकार शिक्षा कार्यक्रमको अनुगमन गर्ने क्रममा मानवअधिकार महिला समूहकी अध्यक्ष देवी मरासिनीले मानवअधिकर शिक्षा कार्यक्रमले समाजमा अन्याय र विभेद गर्न नहुने बारे सचेतना बढाएको एवं कानुनी शिक्षा प्रदान गरेको घारणा राखिन् । यस्तै सृजनशिल महिला समूहकी अध्यक्ष जमुना अधिकारीले समूहको दिगोव्यबस्थापन गर्न गाविस स्तरमा मानवअधिकार सञ्जाल निर्माण गरी अन्तर समूह सहयोगको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

यस्तै अर्खर्ले-३ को जनसहयोग माविमा संचालित बालअधिकार प्रवर्द्धन कार्यक्रमको अनुगमन गर्ने क्रममा बालअधिकार चेतना समूहका पदाधिकारी र सदस्यहरूले बालअधिकार प्रवर्द्धन कार्यक्रमले बालबालिकाको पव्रतिभा प्रस्फुटनमा सहयोग पगेको भन्दै आफ्नो आफूजस्तै बालबालिकाको अधिकार बारे सचेतना अभिबृद्धी भएको बताए ।

अनुगमन गर्ने क्रममा इन्सेक जिल्ला कार्यालयमा बैठक सम्पन्न भयो । बैठकमा हालसम्म सम्पन्न कार्यक्रमको समीक्षा र आगामी कार्ययोजनाबारे छलफल भयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग