Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाज कतारद्धारा मृतक परिवारलाई आर्थिक सहयोग

Published on 2:57:00 PM //

द्रोण बस्नेत

गुल्मी सेवा समाज दोहा कतारले कतारको एक कम्पनीमा कार्यरत समाजका सदस्य तथा गुल्मी रुपाकोट- २ का लक्ष्मी कान्त भण्डारीको उपचारका क्रममा गत फेब्रुअरी २ तारिखमा दुखद निधन भएको थियो । स्व. भण्डारीको पारिवारिक अवस्था अत्यन्तै कमजोर भएकोले गुल्मी सेवा समाज दोहा कतारको पहलमा विचल्लीमा परेका परिवारका सदस्यहरुलाई राहद प्रदान गर्नको लागि आर्थिक रकम संकलन गरिएको थियो । उक्त संकलित रकम कतारी रीयाल २,६००/- वरावरको ने. रु. ५०,०००/- रकम स्व. भण्डारीकी धर्मपत्नी श्रीमती सरस्वती भण्डारीलाई गुल्मी सेवा समाज दोहा कतारका सचिव श्री भरत सापकोटाले हस्तान्तरण गर्नु भएको कुरा समाजका अध्यक्ष श्री द्रोण बस्नेतले जानकारी गराउँनुभयो । 

गुल्मी सेवा समाज दोहा कतारको आहवानमा आर्थिक संकलन कार्यक्रम अर्न्तर्गत सक्रिय रुपमा भुमिका निर्वाह गर्ने संघ संस्था तथा व्यक्तिीहरुमा क्रमश समाज सेवा अभियान रुपन्देही कतारवाट क री १११, सगरमाथा मम सेन्टर दोहा, कतार वाट क री १४५, श्री खेमलाल गैरे र श्री भुमीराम भण्डारीको पहलमा क री ५००, श्री विष्णु गौतम र श्री अर्जुन गौतमको पहलमा क री २००, श्री टीका बहादुर कार्कीको पहलमा क री १४६, नेपाली चौक रेष्टुरेण्ट कतारका महाप्रवन्धक श्री प्रकाश खरेल मार्फ क री २५७, श्री यज्ञमुर्ती खरेल वाट क री ४०३, श्री घनश्याम खरेल मार्फ क. री. १३१, श्री प्रकाश पौडेल मार्फ क री १५०, श्री दिलिप पुन मगर मार्फ क री १९९ र गुल्मी सेवा समाज दोहा कतारको कोषवाट क री ३५० समेत जम्मा गरी उक्त रकम हस्तान्तरण गरिएको हो । 

साथै आर्थिक संकलन कार्यक्रममा सक्रिय रुपमा सहभागी भई भुमीका निर्वाह गरी आर्थिक सहयोग गर्नु हुने संघ संस्था तथा व्यक्तिहरुलाई गुल्मी सेवा समाज दोहा कतारले हार्दिक स-धन्यवाद समेत प्रदान गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग