Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माघे सक्रांन्ति पुस ६ गते

Published on 12:39:00 PM //


सक्रांति १ गते र मसान्ती महिनाको अन्तिम दिन पर्छ यो हामीले पनि भन्नु पर्दैन । तर पात्रोमा सुधार नगरिएको पर्व अनुसार माघे सक्रान्ति पुस ६ परिरहेको छ ।
संस्कृति मन्त्रालय अन्तर्गतको पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिले सूर्यको गति अर्थात् अयनांशअनुसार पर्व सुधारिएको पाचांग-पात्रो बनाउन सरकारलाई सुझाव दिएको छ । एक हजार पाँच सय वर्षको अन्तरमा सूर्य चलायमानको अवस्थामा २४ दिनको फरक भइसकेको भन्दै समितिले ऋतुअनुसार पर्वहरु एक महिनाको अन्तरमा पर्ने भएकाले पर्व सुधार गरिएको पात्रो बनाउन सुझाव दिएको हो ।
यसरी समय फरक परेकाले माघे संक्रान्ति पुस ६ गते पर्दै आएको समितिले जनाएको छ । जसले गर्दा मुलुकको राजनीतिक धार्मिक सांस्कृतिक एंव ऐतिहासिक परम्परागत पर्वको उचित फल प्राप्त नहुनुका साथै दैनिक कार्यमा समेत प्रतिकूल असर परेको समितिको ठहर छ । समितिले पंचांग शुद्धीकरण गरिएको पात्रो २०६९ सालदेखि लागू गर्न माग गरेको छ ।
(बिश्वन्युज डट कामबाट)

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग