Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

को-पाईलटले नै बिमान अपहरण गरेपछी........

काठमाडौँ । अदिस अबाबाबाट रोमका लागि उडेको इथियोपियन एयरलाइन्सको विमानलाई सह चालकले नै नियन्त्रणमा लिएको अधिकारीहरुलाई उद्‍धृत गर्दैं बीबीसीले जनाएको छ। शरण पाउनका लागि उनले अपहरण गरेको बताएका छन्।
प्रहरीले सह चालकलाई नियन्त्रणमा लिइसकेका छन्। आफ्नो देशमा असुरक्षित महसूस गरेपछि शरण माग्न उनले विमान अपहरण गरेको बताएको अधिकारीहरुले पत्रकार सम्मेलनमा बताए। सन् १९८३ मा इथियोपियामा जन्मिएका भनिए पनि उनको पूरा परिचय खुलाइएको छैन। पाइलट शौचालय गएको बेला उनले विमान आफ्नो नियन्त्रणमा लिएका थिए।
अदिस अबाबाबाट राति साढे १२ बजे उडेको विमान रोममा स्थानीय समय अनुसार बिहान ४:४० मा अवतरण हुनुपर्ने थियो।  सुडानको आकाशमा उड्दै गर्दा विमानले ७५०० अलर्ट कल गरेको एयरलाइन रिपोर्टरले जनाएको छ। यो विमान अपहरणमा पर्दा गरिने संकेत हो। फ्लाइट राडारको डेटामा विमान जेनेभामाथि चक्कर काट्दै गरेको देखिएको थियो। सुरुमा जेनेभामा अवतरण गर्न अधिकारीहरुले अनुमति दिएका थिएनन्। पछि जेनेभा विमानस्थलमा अवतरण गरिएपछि ककपिटको झ्यालबाट झरेर उनले आत्मसमर्पण गरेका थिए। उनीसँग कुनै हतियार थिएन। विमानका सबै यात्रु सुरक्षित छन्।

सेक्स गर्दा सबैभन्दा आनन्द आउने उमेर

पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक हुने देखाएको छ । अनलाइन मार्फत गरिएको यो अध्ययन एक यौन खेलौना उत्पादक कम्पनीले गरेको हो ।

तर पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ । महिलाहरुले २८ वर्षको उमेरमा सेक्सबाट सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु २५ वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय हुन्छन् ।

 महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् । यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९ वर्षको उमेरमा सेक्सको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनको निष्कर्ष छ ।

यसअघिको अर्को अध्ययनले भने पुरुषले १८ वर्ष तथा महिलाले ३० वर्षको उमेरमा सेक्समा सबैभन्दा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो ।

कण्डम हस्तमैथुनमा प्रयोग !

रासस
बारा, माघ १५ - विशेषगरी सुरक्षित यौन सम्बन्धका लागि प्रयोग गरिने अस्थायी साधन कण्डमलाई यहाँका पुरुषहरूले हस्तमैथुनका लागि प्रयोग गर्न थालेका छन् ।
यौन सम्पर्कबिना नै सन्तुष्टि प्राप्त गर्न हस्तमैथुन गर्ने पुरुषले कण्डम प्रयोग गर्दै आएका हुन् । हस्तमैथुनमा कण्डम प्रयोग गर्नेमा किशोरावस्थाका बढी छन् । स्वास्थ्यचौकी र स्थानीय क्लिनिकबाट कण्डम लैजाने किशोरावस्थाका अधिकांशले यसलाई हस्तमैथुनका लागि प्रयोग गर्दै आएको कण्डम बिक्रेताहरूको भनाइ छ ।
एसएलसीको तयारीमा रहेका डुमरवानाका मुकेश (नाम परिवर्तन)ले एक साताअघि आफूले पहिलोपटक कण्डम प्रयोग गरेर हस्तमैथुन गरेको बताए । नियमित हस्तमैथुन गर्दै आएका मुकेशले भने– “साथीहरूको सल्लाहमा कण्डम प्रयोग गरेको हो । मलाई राम्रो लाग्यो, अरू साथीहरूलाई पनि भनेको छु ।”
कक्षा ११ मा पढ्दै गरेका सुरेश खरेल (नाम परिवर्तन)ले यौन सम्पर्क साथी नभएकाले यौन सन्तुष्टिका लागि हस्तमैथुन गर्दै आएको सुनाए । “सधैँ नभए पनि कहिलेकाहिँ कण्डम लगाएर हस्तमैथुन गर्ने गरेको छु”– उनले बताए– “यसको प्रयोग गर्दा फोहर नहुने भएकाले हस्तमैथुन गर्दा कण्डम लगाउनु राम्रो हो ।”
डुमरवाना उपस्वास्थ्य चौकीबाट मासिक ७१०–७५० वटासम्म निःशुल्क कण्डम वितरण हँुदै आएको छ । विगत तीन वर्षयता सङ्ख्यात्मक रूपमा कण्डम प्रयोगकर्ता नबढेको उपस्वास्थ्य चौकीको आङ्डामा देखिए पनि स्थानीय स्वास्थ्य क्लिनिकमा भने कण्डमको बिक्री बढेको छ ।
डुमरवाना उपस्वास्थ्य चौकीका प्रमुख देवप्रसाद प्याकुरेलले विभिन्न ब्रान्डमा उपलब्ध हुँदै आएका कण्डमको बिक्री गर्दै आएका क्लिनिकमा प्रयोगकर्ताको आकर्षण देखिएकाले निःशुल्क पाइने स्वास्थ्य चौकीमा भने प्रयोगकर्ता बढ्न नसकेको बताए ।
स्वास्थ्य चौकीमा महिलाका लागि अस्थायी साधन डिपो र पिल्सको माग भने बढेको छ । १०० देखि १५० सम्म डिपो र ५०–५५ वटासम्म पिल्स वितरण हुँदै आएको स्वास्थ्य चौकीले जनाएको छ । आयुसिडी लिन आउने महिलालाई भने चौकीले सिमरा स्वास्थ्यचौकी सिफारिस गर्दै आएको छ ।

यस्ता छन महिलाको दूधबाट बनेका साबुनका फाईदाहरु

विभिन्न घरपालुवा तथा जङ्गली जनावरका दूधलाई औषधिजन्य या अन्य प्रयोजनमा उपयोग गर्ने गरिएका समाचार हामी बेलाबखत सुन्ने गर्दछौँ तर, मानिसको दूधबाट साबुन बनाएर त्यसलाई व्यावसायिक प्रयोजनमा उपयोग गरिएको खबरचाहिँ बेग्लै र अनौठोको सन्दर्भ हुन सक्छ ।
कुरा चीनको हो । चीनमा महिलाले आफ्नो स्तनको दूधलाई साबुन बनाउने काममा उपयोग गर्न थालेका छन्। आफ्ना काखे बच्चालाई पिलाएर उब्रिएको दूध उनीहरू यसरी विशेष प्रकारको साबुन बनाउन प्रयोग गर्दछन्। एजेन्सीहरूले उल्लेख गरेअनुसार मानव–स्तनको दूधबाट बनेको साबुनले छाला गोरो हुने, त्यसले नुहाएपछि लामो समयसम्म छालालाई एक सुरक्षित कवचको काम गर्ने लगायतका फाइदा हुने प्रचार गरिएको छ। महिलाको यस कार्यलाई चिनियाँ प्रशासनले भने अवैध र अमानवीय भन्दै तुरुन्त यस्तो साबुनको निर्माण र बिक्री रोक्न चेतावनी दिएको बताइएको छ।

दुई दिदी बहिनीले बैंकबाट झिकेर बैंककै अगाडि जलाए झन्डै १७ लाख रुपैयाँ

कसैले आफ्नो धनसम्पत्ति आगो लगाएर खरानी बनाउन सक्दैन। सन्तुलित दिमागको उपज पनि होइन त्यो। तर पाकिस्तानको पञ्जाव प्रान्तमा यस्तै अनौठो घटना भएको छ। दुई दिदीबहिनीले आफ्नो बैंक खातामा भएको १७ लाख रुपैयाँ निकालेर बैंककै अगाडि आगो लगाएर खरानी बनाए।
Burnt currency notes — Photo by INP
झेलम जिल्लाका प्रहरी अधिकृत अफजल बटले दिएको जानकारीअनुसार विलाल नगर क्षेत्रका दुई दिदीबहिनी नाहिद (४०) र रुविना (३५) ले नेसनल बैंक अफ पाकिस्तानको चक्रनासा शाखाबाट १७ लाख निकालेर बैंक परिसरमै आगो लगाइदिए। उक्त रकम दुवैको नाममा फिक्स डिपोजिटमा राखिएको थियो। पाकिस्तानी अखबार डनमा छापिएको खबरअनुसार गत बुधबार नै उनीहरू पैसा झिक्न बैंक पुगेका थिए। तर यति धेरै रकम झिक्नका लागि पूर्वसूचना चाहिने बैंक म्यानजेरले उनीहरूलाई जानकारी दिएका थिए।

प्लेनमा चुरोट तान्न खोज्दा.....

बिमान चढ्नासाथ बिमानभित्र धुमपान निषेध गरिएका संकेत जताततै देखिन्छ। त्यसमाथि सुरक्षा जानकारी दिनेबेला परिचारिकाहरुले पनि पटकपटक त्यस्तै आग्रह गर्छन– कृपया बिमानभित्र धुमपान नगरिदिनुहोला।
तर, कतिपय मानिस यस्ता हुन्छन् जसलाई यी सव आग्रहले छुँदैन। जसरी पनि चुरोटको तलतल मेट्नै पर्ने हुन्छ। चुरोट पिउने दुस्साहस गर्नु कति धातक हुन्छ भन्ने हालै एक अधवैंशेले भोगेका छन्।
उनले ७ घण्टासम्म हातखुट्टा डोरीले बाँधेर बस्नुपर्ने भएको छ। ५४ वर्षका मिथाइस जोर्गले सिंगापुरबाट ब्रिसेबन जाने क्रममा उडिरहेको हवाइजहाजमा धुमपान गर्ने प्रयास गरेका थिए।
सुरुमा उनलाई हजाइजहाजका कर्मचारीहरुले त्यो नगर्न आग्रह गरे। तर, उनी हिंस्रक बन्न खोजे। जसका कारण्ँ सवा ७ घण्टाको उडानमा उनको हात र खुट्टा बाँधेर राखिएको थियो। प्लेनमा रहेका एक यात्रुले उनको तस्वीर खिचेका थिए, जसमा उनको हात र खुट्टा बाँधिएको प्रष्ट देखिन्छ। इमिरेट्स एयरको विमान ब्रिसवेनमा पुगेपछि जोर्गलाई प्रहरीको जिम्मा लगाइएको छ।

अर्काकी श्रीमतीको टाटु आफ्नो छातीमा खोपेपछी......

अनौठो समाचारको कुनै देश वा सीमा हुँदैन भनिन्छ। यस्तै अनौठो समाचार नेपालमै घटेको छ। आफ्नै मित्रको श्रीमती मन पराएपछि छातीमा टाटु खोपेको आरोपमा नेपाल प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
काभ्रे जिल्ला निवासी कुमार केसीलाई सो अभियोगमा प्रहरीले पक्राउ गरेको हो। उनले छातीमा एक महिलाको तस्बिर खोपाएका छन्। सार्वजनिक अपराधअन्तर्गत केसीलाई पक्राउ गरिएको प्रहरी अधिकृत अरुणकुमार बीसीले बताए। छातीमा महिलाको टाटु खोपाउँदा पक्राउ गर्ने कानुन नभएकाले उनलाई सार्वजनिक अपराधअन्तर्गत पक्राउ गरिएको बीसीले बताए। चार वर्षदेखिको आफ्ना मित्रको श्रीमती राम्री लागेकाले छातीमा उनकै टाटु खोपाएको केसीले स्वीकारेका छन्। 

नाङ्गै विवाह गर्दा प्रहरीको खोरमा

विवाहलाई विश्व समाजमा एउटा संस्कृतिको रुपमा हेरिने गरिन्छ। डेलिमेल खबरका अनुसार, अमेरिकाको सनफ्रान्सिसको एक सडकमा नाङ्गै भएर विवाह रचेपछि जिप्सी ताउब र जेम्स स्मिथ प्रहरीको खोरमा बास बस्न बाध्य भएका छन्।
वास्तवमा, सनफ्रान्सिस्कोमा नग्नता प्रतिबन्धित छ र यसको विरोधमा उनीहरूले यस्तो विवाह गरेको बताएका छन्। प्रहरीले दुवैलाई कपडा लपेेटर अलग अलग भ्यानमा राखेरमा त्यहाबाट हटाएको थियो। यो विवाह अरु विवाहभन्दा बिल्कुलै अलग भएपनि परम्परागत रुपमा अरु सबैकुरामा ध्यानमा राखेर विवाह भएको थियो। विवाहको क्रममा विवाहको पवित्र किताब पनि पाठ गरिएको थियो। बेहुला र बेहुली दुवैले एक–अर्कालाई औंठी लगाएका थिए। विवाह सकिएकै समयमा नै प्रहरी आएर दुवैलाई हिरासतमा लिइएको थियो।



श्रीमान श्रीमतीको नाता बच्चा जन्माउने बेलामा दाजु वहिनी

विशेषतः हिन्दु समाजमा छोरा छोरीको विवाह गराउँदा अभिभावकले मुख्य ख्याल राख्ने कुरा यो हो कि त्यो युवा ति युवती नुन बार्ने दाजु भाई नपरुन् । त्यो कुरा लगभग सबैजसो धर्मावलम्वीहरुले पनि ख्याल गर्छन् । त्यसैले पनि दुवै पक्षको कुल, गोत्र, नाता आदी राम्ररी बुझेर मात्रै विवाहको कुरा निकालिन्छ । छिमेकी देश चिनका एक जोडीको विवाह पनि त्यसरी नै भएको थियो तर विवाह अघि दाजु वहिनी नपर्ने उनिहरु बच्चा जन्माउने बेलामा आएर सहोदर दाजु वहिनी परे । कसरी भयो त यस्तो ? हामी नपत्याउन सक्छौं तर ति दुबै दम्पतिको डिएनए परिक्षण गराउँदा उनिहरु दाजु वहिनी भएको खुलासा भएको हो ।
चिनको जिझाँगी प्रान्तमा लामो समय अघि देखि वैवाहिक सम्वन्धमा रहेका उनिहरु जव बच्चा जन्माउने अन्तिम बेलामा डाक्टरले डिएनए परिक्षण गर्दा ९९.९ प्रतिशत उनिहरुमा समानता थियो, जुन दाजुभाई दिदीवहिनीमा मात्र हुन्छ । सामाजिक रुपमा उनिहरु दाजु वहिनी होईनन् तर पनि कसरी भयो त यस्तो ? कारण ति पुरुषका बुवा र ति महिलाकी आमा, वा ति महिलाका बाबु र ति पुरुषका आमा विच अवैध सम्वन्धबाट उनिहरु जन्मीए अनि संयोगले उनिहरु विच वैवाहिक सम्वन्ध भयो ।
यस्तो रोचक पक्ष तपाई हाम्रो समाजमा पनि हुन सक्छ । हामी कहाँ त्यस्तो डिएनए परिक्षणको त्यति पहुँच त छैन यदि हुन थाल्यो भने यस्तो तमाम दम्पत्ति वा नतागोता विचमाहुन सक्छ । हामी कहिले काँही भन्ने गछौं नि त्यो केटा वा त्यो केटीको अनुहार उसका बाबुको जस्तो नभई फलानासित ठ्याक्कै मिल्छ । त्यो त केवल अनुमान मात्रै भयो तर डिएनए गराउने हो भने खास त्यो छोरा वा छोरीको न्वारनमा डोरो बानेको बावु नभएर सक्कली बाव ुअरु कोही हुन सक्छ । ख्याल गरौं चिनका ति दम्पत्तीका बाबु आमाको जस्तै फर्दाफास गराई देला डिएनएले परिक्षणले । एजेन्सिको सहयोगमा प्रेम सुनार

यौन बजारमा वयस्क महिलाको माग

देहव्यापारका लागि युवतीको माग र मूल्य उच्च भएपछि भारतीय यौन बजारमा वयस्क महिलालाई जबर्जस्ती यो पेसामा धकेल्ने गरिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। यौन व्यवसायीहरूले वयस्क मजदुर महिलालाई सस्तो मूल्यमा ल्याएर व्यापार धानिरहेको बताइएको छ।
भारतको राष्ट्रिय महिला आयोगले तयार पारेको रिपोर्टअनुसार तिनीहरूलाई सस्तो मूल्यमा ल्याएर दास बनाउने गरिएको छ। आयोगको टोलीले पश्चिम बंगला, झारखण्ड र विहारका महिलालाई यो पेसामा धकेल्न बाध्य बनाएको उल्लेख गरेको छ। विशेषगरी ४० र ४५ वर्ष उमेर समूहका अविवाहित महिलालाई २० देखि २५ हजारमा किनेर यौनदासी बनाउने गरेको रिपोर्टमा उल्लेख छ।

भारतकी एक महिलाले जन्माईन एकै पल्ट १० सन्तान !

भारत, पुष ३ । भारत मध्यप्रदेशको सतना जिल्लाकी एक महिलाले एकै पल्टमा १० सन्तान जन्माईन, तर दुर्भाग्य कुनै बच्चा पनि बाँच्न सकेनन् ।

रेवा नगरकी २८ वर्षीया अन्जु कुशवाहाले आइतबार राती दशवटा बच्चा जन्माएकी हुन् । १० वर्षअघि वैवाहिक जीवनमा बाँधिएकी अञ्जुले यसअघि कुनै पनि सन्तानलाई जन्म दिएकी थिइनन् ।

चार महिना अगाडी पेट दुखेपछि उनलाई श्रीमान सन्तोषले प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । तर त्यहाँकी नर्सले ठुलो अस्पताल लैजान सुझाव दिएपछि जिल्ला अस्पतालमा लगिएको थियो । जहाँका डाक्टरले उनलाई आवश्यक परीक्षण गरेर औषधी दिएर फर्काइदिएका थिए ।

अस्पतालबाट फर्केपछि पनि उनको हालतमा सुधार नभएपछि सन्तोषले अन्जुलाई जबलपुर अस्पताल पुर्‍याए, जहाँ गर्भपरीक्षण गर्दा अन्जुको पेटमा एक भन्दा बढी भ्रुण देखिएको थियो । त्यहाँका डाक्टरले सन्तोषलाई भ्रूण घटाउन सल्लाह दिए ।

फेटल रिडक्सन भनिने यो पद्धतीमा चिकित्सकले औषधिको माध्यमबाट एक मात्रै भ्रूणलाई जोगाउँदै बाँकीलाई नष्ट गर्छन् । तर अन्जुका पति यसका लागि तयार भएनन् । आइतबार राती सन्तोषले अन्जुलाई सन्जय गान्धी अस्पताल लगे ।

तर बाटोमै अन्जुले ९ वटा बच्चालाई जन्म दिइसकेकी थिइन् । यी सबै बच्चा १२ हप्ताका मात्रै रहेको चिकित्सकले बताएका छन् । दशौं बच्चालाई पाठेघरबाट झिकिएको थियो । दश वटा बच्चा जन्माएपछि अन्जुको अवस्था निकै गम्भीर बनेको थियो ।

चिकित्सकहरुले यस्तो घटना चिकित्सा जगतका लागि आश्चर्यजनक भन्दै अनुसन्धान सुरु गरेका छन् । गर्भ रहनका लागि बढी मात्रामा औषधिको प्रयोगले यस्तो भएको हुनसक्ने चिकित्सकहरुको भनाइ छ ।

बाँझोपनको उपचार गर्ने क्रममा अन्जुले धेरै किसिमका औषधि प्रयोग गरेको हुनसक्ने या टेष्टट्युब बेबी प्रविधि प्रयोग गरेको हुनसक्ने भन्दै चिकित्सकले उनको मेडिकल रेकर्डको अध्ययन भइरहेको बताएका छन् । अन्जुका परिवारले भने कुनै किसिमको उपचार नगरेको बरु स्थानीय डाक्टरबाट गर्भ रहनका लागि केही औषधी लिएको बताएको छ ।

मातेकी श्रीमतीलाई क्यामरा अगाडि नाङ्गै बनाएर संसारलाई देखाएपछी

श्रीमतीसँगको समागमका दृष्य खिचेर फिल्म बनाउने श्रीमानका हर्कत अब कुनै नयाँ रहेनन् । प्रविधिको विकास जति तिब्र बन्दै छ यसको दुरुपयोग पनि त्यस्तै ढंगले भइरहेको छ। हालै एक बेलायती पुरुषले रक्सीले मातेकी श्रीमतीलाई नाङ्गै बनाएर टेलिभिजनमा लाइभ देखाएका छन् । सोनीको प्ले स्टेशन–४ को सहयोगमा आफ्नो पत्नीको नांगो तस्वीर प्रशारण गरेका हुन् ।
मदिराको नशामा लट्ठ आफ्नो पत्नीलाई नग्न अवस्थाको भिडियो लाइभ स्ट्रीमिङको माध्यमबाट प्रशारित गरेका हुन्। डारकोरबा नाम गरेका व्यक्तिले आफ्नो लिभिङ रुममा बसेर श्रीमतीसँग मदिरा पिएका थिए। पत्नी नशाले मात्तिएपछि उनले यस्तो घिनलाग्दो हर्कत गरेका हुन्। डारकोरबाले पहिलो आफ्नो पत्नीको माथिल्लो भागको कपडा फुकाले। त्यसपछि एक एक गर्दै पत्नीलाई नग्न बनाए। लिभिङ रुमको यो दृश्य लगातार प्रसारित भएको थियो। पत्नीको शरीरमा एक टुक्रा पनि कपडा नभएपछि उनी कोठाबाट बाहिर गएका थिए।
करीब १५४ मिनेटपछि स्क्रीन ब्लक भएको थियो तर फीड फेरि आयो, त्यसबेला पनि ती महिला निर्वस्त्र थियो। पछिल्लो साता लन्च भएको सोनी प्ले स्टेशन–४ मा लाइभ स्ट्रीमिङको नयाँ फिचर जोडिएको थियो। यसको सहयोगले प्रयोगकर्ताले विभिन्न भिडियो ट्वीच टीभीमार्फत् लाइभ प्रशारण गर्न सक्छन्। यी पुरुषले भने आफ्नी श्रीमती नाङ्गो शरिर दुनियाँलाई दर्शन गराएका छन्।

बाबुले गराए छोराको चौरासी पुजा

प्रेम सुनार
गुल्मी, २ पुष । चौरासीको नेटो काट्दा पनि मेरा रुखा छोराहरुले चौरासी पुजा गराई दिएनन् भन्ने गुनासो गर्ने बाबु आमाहरु तमाम छन् तर बाबुले मेरो र्चाैरासी पुजा गरी दिएनन् भन्ने छोराहरु विरलै होलान् । पत्याउनुस या नपत्याउनुस छिमेकी जिल्ला बाग्लुङ्गमा भने बाबुले छोराको बिबहा देखि चौरासी पुजा समेत आफ्नै हातले गरी दिएका छन् ।
  तंग्राम गाविस वडा नम्वर ९ का १ सय ४ वर्षिय बृद्ध देविप्रसाद पुनले छोरा लालबहादुर पुनको चौरासी पुजा गराई दिने अवस पाएका हुन् । देविप्रसादका चार छोराहरु मध्ये अहिले तिन छोराहरु छन् । जेठा छोरा लालबहादुर चौरासी टेके । अरु दुई भाई सत्तरीको नेटो काटे । छोराको चौरासी पुजामा परिवारका अरु सदस्यहरुको भन्दा सयको नेटो काटेका दविप्रसादको दौड्धुप, काम–काज बढि थियो ।
  ‘आफ्नै हातले छोराको विवहा गराई दिएँ र आज आफ्नै हातले छोरको चौरासी पुजा पनि गराउन  पाउँदा असाध्धै हर्क ( हर्ष ) लागेको छ  ’ देविप्रसादले गर्वित मुद्रामा भने । चौासी पुजा गराई दिएका उनका छोरा लालबहादुर भारतिय सेनाका पेन्शनर हुन । उनका ४ छोरा र ३ छोरीहरु छन् ।
  तर उनका छोरा छोरीले भन्दा बाबु देविप्रसादले घरको काम बढि गर्छन् । खेती किशानी काममा उनै देविप्रसादको बढि अग्रसरता रहने स्थानिय तेजेन्द थापा बताउँ छन् । छोराको चौरासी पुजामा बाबुको सक्रिय सहभागिता देख्दा अन्य सहभागि युवा युवतीले भन्दै थिए हाम्रो बा’आवै पनि यसरी नै लामो समय बाँच्न सकुँन ।

पन्ध्र किलोको एउटै लौका

चारपाँच किलोग्राम सम्म तौल भएको एउटै लौका कहिलेकाँही तरकारी बजारमा भेटाउनु सामान्य होला तर धनगढी नगरपालिका वडा नं–३ चटकपुरकी कृषक सुनितादेवी चौधरीको बारीमा १५ किलो ग्रामसम्म तौल भएको एक वटा लौका फलेको छ।
चौधरीको घरबारीमा फलेका १५/१५ किलो तौल भएका दुई वटा लौका यहाँ जारी सुदूरपश्चिम महोत्सवमा, प्रतियोगितात्मक कृषि प्रदर्शनीका लागि राखिएको छ।
घरकै गोबर मल (कम्पोष्ट मल)को प्रयोगबाट यति ठूलो लौका फलेको कृषक सुनितालाई उद्धृत गर्दै प्रदर्शनीका सञ्चालक धनबहादुर चौधरीले बताउनुभयो।
स्थानीय जातको गोलो र डल्लो आकारका यी लौकाको तरकारी उन्नत जातको लौकाभन्दा स्वादिलो हुने अगुवा कृषक राजकुमार जवराले बताउनुभयो। कृषि प्रदर्शनीको बिक्रीमा झन्डै चार फिट लामो र छ/सात किलो तौलको अर्को एक लौका र उन्नत जातको खुर्सानीको बोटमा लटरम्म फलेको खुर्सानी पनि आकर्षक रहेको छ।

योनी आकारको स्टेडियम नबन्दै बबाल


विश्वकप सन् २०२२ का लागि हालै कतारका लागि स्टेडियमको डिजाइन तयार गरेकी इराकी मूलकी बेलायती महिला आर्किटेक्ट जाहा हदिदले योनी आकारको स्टेडियमको डिजाइन तयार पारेपछि विभिन्न समुदायहरूको आरोप खेप्नुपरेको छ।
हदिदका अनुसार, आफूले यसको डिजाइन कतारको परम्परागत माछा मार्ने डुंगाबाट प्रभावित भएर त्यस्तै आकारमा यसको डिजाइन गरेको जानकारी दिएकी छिन्। मानिसहरूको आरोपबाट आक्रोसित हुँदै उनले टाइम म्याग्जिनमा सबै प्वाल हुने वस्तुहरू योनी आकारका नहुने प्रतिक्रिया पनि दिएकी छिन्। उनी विश्वका १०० औं शक्तिशाली महिलाको पंक्तिमा रहेकी ब्यक्ति पनि हुन्। अलवाकराह स्टेडियमको डिजाइन परम्परागत डुंगाभन्दा पनि योनी आकारको बढी देखिने भन्दै विभिन्न समुदायबाट विरोध हुँदै आएको छ। कतारमा अहिले विश्वकप सन् २०२२ का लागि ६ वटा स्टेडियम तयार पारिदैछ र यो स्टेडियम सन् २०१४ जनवरीबाट निर्माण शुरु हुने भएको छ । -एजेन्सी

यस्तो छ प्रकाशको गतिमा चल्ने क्यामेरा

वैज्ञानिकहरूले यस्तो क्यामेराको विकास गरेका छन्, जसले प्रकाशको गतिमा काम गर्छ । यो क्यामेराले थोरै खर्चमा काम गर्नुका साथै फोटो खिच्ने र अन्य विविध काममा उपयोग गर्न सकिने बताइएको छ । यो क्यामेरा एमआईजीका अनुसन्धानकर्ताहरूले विकास गरेका हुन् ।
पाँच सय अमेरिकी डलर मूल्य पर्ने यो क्यामेरामा मेडिकल इमेर्जिङ र कार दुर्घटना रोक्ने सेन्सर समेत जडान गरिएको छ । क्यामेरामा गेमिङ मेसिन र त्यसको हाउभाउ पत्ता लगाउने अद्भूत क्षमता छ । यो थ्रीडी क्यामेराको म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजी मिडिया ल्याबका अनुसन्धानकर्ताहरूले तयार गरेका हुन् । क्यामेरा टाइम्स अफ फ्लाइट प्रविधिका आधारमा निर्माण गरेको बताइएको छ । -एजेन्सी 

नराम्रो भएकै कारण बैक्स बनिन् हत्यारा तर कसरी ?

मंसिर १४ । सबै मानिसहरुले आफ्नो सुन्दरताको वर्णन गरेको सुन्न पक्कै पनि मन पराउने गर्छन् । तर कोही मानिसको बाहिरी बनावट आकर्षक छैन भने के नै गर्न सकिन्छ र ? क्रेजी न्युजको खबर अनुसार अमेरिकामा भर्जीनियाको एक महिलाले आफुलाई नराम्रो भनेका कारण एक व्यक्तिको हत्या गरेकी छिन् ।
बारबरा बैक्स नाम गरेको यस महिला माथि हत्याको आरोप रहेको छ । बैक्स आफ्नो साथीको घरबाट बाहिर निस्केको समयमा एक व्यक्तिले उसलाई धकालेर नराम्रो भनी पटक पटक जिस्काएको पनि बताईएको छ । बैक्सलाई लगातार नराम्रो भनी जिस्काउँदा उसले सहनै नसकी साथीको घरबाट चक्कु लिएर आएकी थिइन ।
 चक्कु लिएर उनले ती व्यक्तिको हत्या गरेकी हुन् । बैक्सले प्रहरी सामु आफ्नो अपराध पनि स्वीकार गरेकी छिन् । - एजेन्सी

धेरै रोएपछि आफ्नै बच्चा ४३० डलरमा बिक्रीमा


ब्राजिलका एक दम्पत्तिले आफ्नो बच्चा धेरै रोएर हैरान पारेपछि एक वेभसाइट मार्फत विज्ञापन गर्दै आफ्नो बच्चा विक्रीका लागि राखेका छन् । बेवसाइट ओएलएक्समा प्रकाशित यस विज्ञापनमा बच्चा धेरै रोएको र सुत्न नदिएका कारण जम्मा ४३० डलरमा विक्रीका लागि राखिएको भन्ने कुरा उल्लेख गरिएको छ ।
न्यूयोर्क डेलीन्यूजको खबर अनुसार ओएलएक्सको विज्ञापनमा निलोरंगको कपडा लगाइएको बच्चाको तस्वीर छ र तल क्याप्शनमा बच्चा धेरै रुने र सुत्न नदिएको भन्ने कुरा उल्लेख छ । यस बारे केन्द्रीय प्रहरीले जाँच पनि शुरु गरिसकेको छ । बालसंरक्षण अधिकारीहरूले वेवसाइटमा विज्ञापन राख्ने व्यक्तिको खोजी भइरहेको जानकारी पनि दिइएको छ । तर, विज्ञापनमा दिइएको ठाउँ र फोन नम्बर भने गलत छ । पछि नियम कानुनको उल्लघंन भएको भन्दै विज्ञापन हटाउन लगाइएको छ ।
थप जानकारी: http://www.nydailynews.com/news/world/baby-brazil-sale-430-won-parent-sleep-article-1.1518107

पत्याउनुस्-नपत्याउनुस्: एउटै किताब १ करोड ४२ लाख डलरमा बिक्यो

अमेरिकामा छापिएको पहिलो पुस्तक १ करोड ४२ लाख ६५ हजार डलर कीर्तिमान मूल्यमा लिलाम भएको छ । सन् १६४० मा प्रकाशित ६ बाइ ५ इन्चको उक्त धार्मिक पुस्तक एक अमेरिकी व्यापारी तथा परोपकारी डेविड रुबेस्टियनले खरिद गरेका हुन् । उनले फोनबाटै उक्त पुस्तकको लिलामीमा बोली लगाएका थिए ।
‘बे साम बुक’ ( Bay of Psalm Book ) नामक उक्त पुस्तक दुर्लभ हुनुको साथै एउटा देशको भविष्यको प्रतीक बन्ने भएकाले पनि अत्यन्तै महत्त्वपूर्ण मानिएको छ । सोथेवी लिलामघरमा यो पुस्तक १ करोड ५० लाखदेखि ३ करोड डलरबीचको मूल्यमा बिक्री हुने अनुमान लगाइएको थियो । उक्त पुस्तक बोस्टन ओल्ड साउथ चर्चको संग्रहमा राखिएको थियो । उक्त चर्चसँग यो किताबको दुईप्रति थियो । कीर्तिमान मूल्यमा लिलाम भएपछि चर्चका वरिष्ठ पदाधिकारी नेन्सी टेलरले उक्त धनराशि उनीहरूका लागि अत्यन्तै धेरै भएको बताएकी छन् । ‘हामीले चलाउँदै आइरहेको परोपकारका कामका लागि यो ज्यादै महत्त्वपूर्ण हुनेछ।’

सन् १६३० मा इग्ल्यान्डबाट अमेरिकाको म्यासाच्युसेट्समा विशाल संख्यामा विस्थापन भएको केही वर्षपछि विस्थापित भएकाहरूले आफ्ना लागि भजनको एक पुस्तक लेख्न र त्यसलाई प्रकाशित गर्ने निर्णय गरेका थिए । उनीहरूसँग पहिल्यैदेखि भजनका पुस्तकहरू थिए। तर ती सबै हिब्रु भाषामा थिए र तिनीहरू त्यसलाई अंग्रेजीमा अनुवाद गर्न चाहेका थिए।

लन्डनबाट अनुमति लिनुपर्ने कानुनबाट बच्दै सन् १६३८ मा २ सय ४० रिम कागजसँगै एक प्रिन्टिङ प्रेस पनि ल्याए। यो परियोजनाका लागि रेवरड जोस ग्लोबरले चन्दा संकलनको जिम्मेवारी लिएका थिए। तर उनको यात्राका क्रममा मृत्यु भयो। उनकी विधवा क्याम्ब्रिजमै बसिन्। म्यासाच्युसेट्समा उनले प्रेसको स्थापन गरिन्। उक्त प्रेस स्टिफन डेले चलाएका थिए। उनले सन् १६४० मा हिब्रुबाट अंग्रेजीमा अनुवाद गरिएको उक्त भजनहरू संकलन गरिएको ३ सय ४० पेजको किताब १ हजार ७ सयप्रति प्रकाशित गरेका थिए। त्यही पुस्तकको नाम द बे साम बुक राखिएको थियो।

यसका प्रकाशित प्रतिहरू उपनिवेश कालमा चर्चहरूमा प्रयोगका लागि राखिने गरिएको थियो। त्यसको अर्को शताब्दिसम्ममा यो पुस्तकको ५० भन्दा बढी पटक पुनः प्रकाशन भइसकेको थियो। पहिलो संस्करणका धेरै जसो पुस्तकहरू भने दशक नबित्दै च्यातिएर नष्ट भएका थिए।

द बे साम बुकको एक प्रति फिलाडेल्फिया रोजोनबाक पुस्तकालयमा राखिएको छ। यस पुस्तकालयका निर्देशक डेरिक डेरहरले भने– ‘यो त्यस्तो पुस्तक होइन जसलाई काल्पनिक, अश्लील वा कुनै अन्य कुराले मूल्यवान् बनाएर प्रकाशित गरेको हो। यसको एउटै मात्र मूल्य थियो यसको पाठ्यसामग्री।’

अहिले यसको ११ प्रति मात्रै बचेको भन्ने विश्वास गरिन्छ। बोस्टनको ऐतिहासिक ओल्ड साउथ चर्चमा राखिएको दुई प्रतिबाट एक सोथेबीले लिलाममा राखेको हो। उक्त चर्चले आफूसँग बाँकी रहेको अन्तिम प्रति बिक्री गर्ने कुनै मनसाय नभएको जनाएको छ। यो किताबको बाँकी नौ प्रति प्रमुख संग्रहकर्ता तथा पुस्तकालयहरूमा सुरक्षित रहेका छन्। यसअघि सबैभन्दा महँगो पुस्तकको कीर्तिमान जोन जेम्सको आडुबोस बर्डस अफ अमेरिकाका नाममा रहेको थियो। यो पुस्तक डिसेम्बर २०१० मा ११ लाख ५० हजार डलरमा बिक्री भएको थियो।

द बे साम बुक को एक प्रति १९४७ मा कीर्तिमान मूल्य १ लाख ५१ हजार अमेरिकी डलरमा लिलाम भएको थियो। त्यस बेला पनि यो पुस्तकले गुटेनबर्गको बाइबिल ओल्ड टेस्टामेन्ट, सेक्सपियरको फस्र्ट फोलियो र ब्राइड अफ अमेरिकालाई पछाडि पार्दै कीर्तिमान बनाएको थियो।

खराब अवस्थाका कारण आलोचना भइरहेको भए पनि द बे साम बुकले यो उचाइ हासिल गरेको हो। प्रकाशक तथा लेखक इसाह थमसले दुई सय वर्षअगाडि यसमा छापिएका थुप्रै गल्तीहरूको उल्लेख गरेका थिए। उनले यो पुस्तकले राम्रो लेखनको प्रदर्शन नगरेको उल्लेख गरेका थिए।

अध्ययन गर्नेहरूले यो पुस्तक हिब्रु भाषाबाट भएको अंग्रेजीमा अनुवादमा अन्तरआत्माको आवाजलाई धेरै सुनेको बताउँछन् । -एजेन्सी
थप जानकारी:
http://news.in.msn.com/gallery/most-expensive-books-ever-sold-in-pictures

पत्याउनुस्-नपत्याउनुस् - झन्डै ९ करोडको चुरोट

एकजना अर्बपति धनाढ्यले आफ्नी प्रेमिकाको जन्मदिनमा नौ करोड रुपैयाँ पर्ने चुरोट उपहार दिए। एक खिल्लीकै झन्डै नौ करोड रुपैया मूल्य पर्ने त्यो चुरोट लन्डनमा बस्ने रुसका एक धनाढ्यले आफ्नी प्रेमिकालाई जन्मदिनको उपहारका रूपमा दिएका थिए । डेली मेलमा छापिएको खबरअनुसार लन्डनको सिसा स्टिक्स नामको कम्पनीले दुई सय ४६ वटा दुई क्यारेटका हीराका टुक्रा, अन्य बहुमूल्य पत्थर, ६ क्यारेटको ओभल डायमन्ड तथा २४ क्यारेट सुनको बटन तथा बहुमूल्य सिसाको पाइप समेत जडान भएको विद्युतीय चुरोट चार महिना लगाएर तयार गरेको थियो ।
थप जानकारी:
http://www.dailymail.co.uk/news/article-2470632/Diamond-covered-e-cigarette-created-Russian-oligarchs-girlfriend.html
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग