Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गोठको जीवित गोरु चोरेर मासु खाईयो

Published on 7:56:00 PM //


पि.एम.मगर
गुल्मीको वामीमा गोठमा वाँधेको गोरु अज्ञात समुहले गोठमै काटेर मासु खाएका छन् । वामी गाविस वार्ड नं. ५ स्थित दानवहादुर केसीको गोठमा वाँधेर राखेको गोरु चोरेर संगै रहेको अर्को गोठमा लगि सो समुहले निर्लज्जता पुर्वक काटेर मासु लगेको छ । के.सी.को घर देखि एक्लो स्थानमा रहेको सवै भन्दा मोटो गोरु गोठ मै काटेर स्थानीय मानवहादुर खत्रीको गोठमा लगेर वाँडीचुडी खाएको पीडित परिवारले वताएका छन् । वर्षायामको शुरुवात संगै खेतवारी जोत्नका लागि गत वर्ष करिव १० हजार रुपैयाँ तिरेर आँपचौर गाविसवाट ल्याईएको उक्त गोरु निर्ममतापुर्वक भकारोमै काटेर मासु खानुलाई स्थानीयवासीले राक्षसीपनको संज्ञा दिएका छन् । 
अज्ञात समुहले उक्त गोरुको मुटु कलेजो, शरिरका विभिन्न अङ्गका राम्रो मासुहरु रगत चुहाउँदै वोकेर लगेको र वाँकी त्यही छाडेका छन् । गोरु पालेर हली मजदुरी गर्दै आउनुभएका के.सी.को गोठको गोरु यसरी चोरेर काटिएपछि निक्कै चिन्तित वन्नुभएको छ । गोठमा राखिएको अर्को गोरु भने जीवितै रहेको वताईएको छ । जिउँदै गोरु काटेर खाने समुहको खोजी कार्य भईरहेको वामी इलाका प्रहरी कार्यालयले जनाएको छ । 
त्यसो त गत वर्ष पनि गुल्मीकै वडागाउँमा एक व्याक्तिको गोठवाट एउटा भैसीको पाडी चोरी आँपचौरका महेन्द्र विश्वकर्माले काटेर मासु विक्री गरेका थिए । उनी अहिले गुल्मी जिल्ला कारागारमा सजायँ भोगीरहेका छन् ।

1 comment

  1. KASTA KHALE MANCHE HUN ENIHARU LAI FASI DINUPARCHA

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग