Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वर्षैभर तरकारी खेती

Published on 6:55:00 PM //


अर्घाखाँचीका किसान गाउँमा सडक सञ्जाल विस्तारसँगै आधुनिक खेतीमा आकषिर्त भएका छन् । वर्षमा दुईपटक मकै, गहुँ र जौको खेती गर्ने किसानले हाल बाह्रै महिना खेतबारीमा तरकारीखेती गरी मनग्य आम्दानी गर्न सक्ने भएका हुन् ।
आलु, गोलभेंडा, बन्दा, काउली, सिमी, साग, प्याज, लसुनलगायत तरकारीखेती गरी किसानले लाखौँ रुपैयाँ कमाउन थालेका छन् । उनीहरूले सुन्तला, कागती, मौसमी, कफी, अदुवा तथा अलैँचीखेतीबाट पनि आम्दानी लिन थालेका छन् । 
गाउँ-गाउँमा सडक पुगेपछि उत्पादन बजारसम्म पुर्‍याउन सहज भएकाले आधुनिक खेतीमा आकषिर्त भएको किसानको भनाइ छ । 
जिल्लामा ०४६ सम्म गोरुसिंगेदेखि सन्धिखर्कसम्म ६८ किमि कच्ची सडक रहेकोमा हाल करिब १२ सय किमि सडक निर्माण भएको जिल्ला विकास समिति अर्घाखाँचीले जनाएको छ । 
किसानले गाईभैँसीपालनबाट पनि मनग्य आम्दानी गर्दै आएका छन् । पणेना, पटौटी, हंसपुर, खनदह, अर्घातोष, मरेङ, भगवती गाविसका किसानले यस वर्ष मात्रै करिब २ करोडको सुन्तला बिक्री गरेका छन् भने ठाडा, सीतापुर, सिद्धारा र सुवर्णखाल गाविसबाट १५ करोड रुपैयाँको अदुवा निकासी भएको छ । 
भगवती, अर्घातोष, मरेङ, पटौटी, पणेना, पोखराथोकबाट १५ सय लिटर दूध प्रत्येक दिन बिक्री हुने गरेको किसान बताउँछन् । चालू आवसम्म दुईतिहाइ बढी बजेट सडकमा मात्रै विनियोजन गर्दै आएको जिविसले आगामी वर्षदेखि आधुनिक कृषि र सिँचाइ योजनामा थप बजेट विनियोजन गरी जिल्लालाई आत्मनिर्भर बनाउने तयारीमा रहेको स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग