Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भीरबाट ट्रक खस्यो, दुईको मृत्यु

Published on 1:02:00 PM //

टेकनारायण भट्टराई
पाल्पा-गुल्मी सडक खण्ड अन्तर्गत जोर्तेमा ट्रक दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। बुधबार बिहान करिब ८ बजे ट्रक करिब डेढसय मिटर तल खसेको थियो। भीरबाट चालक मकवानपुर जिल्लाका नवराज घलनलाई मृत अवस्थामा निकालिएको थियो।

नाम नखुलेका सहचालकलाई स्थानीयले घाइते अवस्थामा निकालेका भएपनि उनको केही बेरमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकमा उनीहरू दुईजना मात्र सवार थिए। मुसलधारे पानी परेका कारण प्रहरी उद्दारका लागि घटनास्थल पुग्न ढिलाई भएको बताइएको छ।

गुल्मी मजुवामा पुल निर्माणका लागि सामान लिएर जाँदै गरेको ना २ ख८५०५ नम्बरको ट्रक पल्टेर जोर्ते मन्दिरको अग्लो पहाडमा अड्केर झुण्डिएको अवस्थामा रहेको प्रत्यक्षदर्शी शुशिल कुँवरले बताए।

दुर्घटनापछि एक घण्टासम्म अवरुद्ध बनेको पाल्पा-गुल्मी सडक सुचारु भएको प्रहरी नायब उपरीक्षक गोविन्द थपलियाले बताए। मुसलधारे पानी परेको र हुस्सु लागेकोले ओरालो र साँघुरो ठाउँमा विपरीत दिशाबाट आएको ट्रकलाई साइड दिँदा दुर्घटना भएको प्रत्यक्षदर्शी कुँवरले बताए।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग