Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सडक निर्माणसँगै खच्चड लोप हुन थल्यो

Published on 2:38:00 AM //


एक समयमा सामान ढुवानीको एकमात्र माध्यम रहेकॊ खच्चड गाँउ गाँउमा यातयातका साधनहरुको पहुँच बढ्न थाले पछि अहिले लोप हुने क्रममा रहेका छन ।
विशेष गरेर विकट र पहाडी जिल्लाहरुमा यातयातका साधनहरुको विकल्पका रुपमा सहज रहेको खच्चड गाउँ गाउँमा ग्रामीण सडकहरु निर्माण भएपछि हराउन लागेको हो ।
विशेष गरेर पश्चिम नेपालका बिभिन्न पहाडी जिल्लामा चल्ने खच्चड गुल्मी र बाग्लुङ्ग जिल्लाको पश्चिमी क्षेत्रमा आजभोली कम मात्रमा देख्न मात्र पाईने स्थानीयवासिहरु बताउछन । पहिलेको तुलनामा आजभोली खच्चड कम मात्रमा चल्ने गरेको खच्चड पालकहरु बताउछन् । आफुहरुले खच्चड पाल्न थालेको पछिल्लो तीन वर्षको अनुभव तितो रहेको धरै व्याबसायीहरु बताउछन ।
एक किसानले भने हाल ८ वटै खच्चडबाट ३५ हजार मासिक आम्दानी गर्न पनि गाह्रो रहेको तर तीन वर्ष अगाडी लाखौ आम्दानी हुन्थ्यो । उनले भने आजभोली यातायातका अन्य साधनले सहज बनाएपछि खच्चड बाट आम्दानी छुटेको मात्र होइन जीवन पाल्न पनि गाह्रो भएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग