फिनल्याण्डमा रुपाकोट समाज गुल्मी काठमाडौंको अन्तर्कृया सम्पन्न
Published on
4:06:00 PM //
सन्जु काउछा मगर/हेल्सिन्की
"आफ्नो गाउँको बिकास गर्न आँफै कम्मर कस्नु पर्छ, सरकारको मुख मात्र ताक्नु हुन्न", कार्यक्रममा अध्यक्ष भण्डारीले भन्नुभयो "नेपालमा बसेर हामी काम गर्न तयार छौँ, देशबाहिर रहनुहुने रुपाकोटेहरुको साथ, सहयोग, सल्लाह, सुझाब र अविभावकत्व चाहियो ।" त्यसै गरी कार्यक्रममा बोल्दै गाविसका पुर्व सचिब भक्तिराम भण्डारीले कामको सुरुवात हुनु निश्चय नै साकारत्मक कुरा हो तर समाज र यसका गतिबिधिहरुको प्रभावकारीताको लागि सँस्था राजनीतिबाट टाढै रहनुपर्नेमा जोड दिनुभएको थियो । कुनै पनि हालतमा, सँस्थाको कुनै पनि क्षेत्रमा कुनै किसिमको राजनैतीक रङ छिर्न नहुने र यदी छिरिहाल्यो भने राम राम भन्नुको बिकल्प नरहेको उहाँले स्पष्ट पार्नुभएको थियो । उहाँले आफ्नो कार्यकालमा गाविसमा थुप्रै बिकासका योजना तथा समाजसुधारका कामहरु गर्न खोज्दा स्थानीय रुपमा पार्टिगत गुटबन्दी र राजनीतिकरणले कुनै पनि काम गर्ने वातावरण बन्न नसकेको तितो यथार्थ स्मरण गर्दै फेरी यस्तो नदोहोरिओस भन्नका लागि समाजमा ब्याप्त धमिराहरुलाई पाखा लगाउनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रमका अन्य वक्ताहरु धर्म भण्डारी, भुवन भण्डारी, कुलमणी भण्डारी, भागीरथ भण्डारी, पुनाराम भण्डारी, शंकर भण्डारी, लक्ष्मण भण्डारी लगायत सबै जनाले स्थानिय स्तरमा जुन पहल कदमी सुरु भएको छ, त्यो निश्चित रुपमा साकारत्मक कुरा भएको हुँदा समाजको गतिबिधिको लागि देशबाहिर रहेका सम्पूर्ण रुपाकोट बासिको बौद्दिक, नैतीक, भौतिक, आर्थिक साबै किसिमको सहयोग मिल्नेमा आश्वासत पार्नुभएको थियो । "काम गरेर देखाउ, सहयोगको हात सधैं अघी बढ्ने छ" भन्नेमा सबै सहभागीहरु एकमत रहेका थिए । कार्यक्रममा भक्तिराम भण्डारीको संयोजकत्वमा ५ सदस्यीय संपर्क समिती, फिन्ल्यान्ड पनि गठन गरिएको छ । यसका सदस्यहरुमा भुवन भण्डारी, भागीरथ भण्डारी, सम्झना भण्डारी र सुरक्षा गैरे रहनुभएको छ ।
फिन्ल्यान्ड स्थित बुद्दिजिवी, उद्योगी ब्यवसायी, कर्मचारी, बिद्यार्थी लगायतको उपस्थिती रहेको कार्यक्रममा भागीरथ भण्डारी, पुनाराम भण्डारी र धर्म भण्डारीले खनपिनको ब्यवस्था गर्नुभएको थियो ।
0 प्रतिकृयाहरु