Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काउन्सिलर अर्याललाई गुल्मी समाजको विदाइ

Published on 12:32:00 AM //


गुल्मी जिल्ला समाज, युकेले बेलायतका लागि नेपाली राजदूवासका मिनिष्टर काउन्सिलर झविन्द्र अर्यालको गत जुन १२ मा एक समरोहका साथ विदाइ कार्यक्रम सम्पन्न गरेको छ । अर्याल आफ्नो बेलायतको चार वर्षको कार्यकाल पूरा गरी यही जुलाइमा नेपाल फकिँदै हुनुहुन्छ । लण्डनस्थित रारा रेस्टुरेन्टमा भएको सो समारोहमा गुल्मी जिल्ला समाजका पदाधिकारीहरु, सल्लाहकार एवं अन्य सक्रिय सदस्यहरुको उपस्थिति रहेको थियो । 
आफ्नो बेलायत बसाइमा गुल्मी जिल्ला समाजसँग अति निकट घनिष्टता रहेको बताउादै काउन्सिलर अर्यालले आफु पनि गुल्मीबासी भएको नाताले समाजलाई आफ्नो घर सम्झको बताउनुभयो । आफु जहा रहे पनि गुल्मी जिल्ला समाज युकेलाई सदैव सम्झना गर्ने बताउादै समाजले आफु प्रती देखाएको सद्भावप्रति आभार प्रकट गर्नुभयो ।
समाजका अध्यक्ष ओमप्रसाद थापाले काउन्सिलर अर्याल आफ्नो कार्यकालमा नेपाली संघसंस्थाप्रति घनिष्ट सम्बन्ध राखेको बताउँदै गुल्मी जिल्ला समाजलाई सामाजिक काम गर्न उल्लेख होसला प्रदान गरेको बताउनुभयो । उहाँले काउन्सिलर अर्यालले कार्यवाहक राजदूतको रुपमा पनि बेलायतमा काम गरेको स्मरण गर्दै समाजको तर्फबाट अर्यालको उज्वल भविष्यको कामना गर्नुभयो । गुल्मी जिल्ला समाजका महासचिव अर्जुन गौतमले स्वागत मन्तव्य व्यक्त गर्दै काउन्सिलर अर्यालको जीवनीबारे उपस्थित सबैलाई संक्षिप्त जानकारी गराउनुभयो ।
विदाइ समारोहमा समाजका सल्लाहकार चक्रबहादुर थापा र सक्रिय महिला प्रतिनिधि पार्वती थापाले क्रमशः काउन्सिलर अर्याल र श्रीमती अर्याललाई खादा ओढाएर सम्मान गर्नुभयो । यसैगरी समाजका तर्फबाट अध्यक्ष थापाले उपहार प्रदान गर्नुभयो । डिनर पार्टीसहित आयोजना गरिएको विदाइ समारोहको संयोजन समाजका सल्लाहकार एवं रारा रेस्टुरेन्टका सञ्चालक प्रताप रायमाझी र समाजका सदस्य शिव भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा समाजका उपाध्यक्षद्वय मोती भण्डारी र दुर्गा पाण्डेलगायत महिला प्रतिनिधिको पनि उपस्थिति थियो । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग