Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अस्पतालको फोहर बाटोमा

Published on 6:44:00 PM //


बुटवलका चोक चोकमा थुपि्रएका फोहोरमा नियालेर हेर्ने हो भने सिरिन्ज,सिसा,ब्लेड जस्ता बस्तुहरु भेटिन्छन् । निजि क्लिनिक, मेडीकल हल तथा नर्शिंङहोमको आसपासमा यस्ता बस्तुहरु भेटिनेक्रम बढ्दो छ ।
कहिलेकाँही फोहोरको डंगुरबाट कवाडहरुले निडिल छुट्टयाएर सिरिन्ज पोलिथिन बोरामा राखेको देख्न सकिन्छ । सिरिन्ज र बोतलबाट आम्दानी हुने भएकाले उनीहरुले ती बस्तुहरुको खोजी गर्ने गरेका हुन् । अरु भन्दा अस्पतालजन्य फोहोर बढि खतरनाक मानिन्छ ।सिरिन्जब्लेडसिसा जस्ता बस्तुहरु फोहोरको थुप्रोमा भेटिन थालेपछि नगरपालिकाका कर्मचारी समेत त्रसित भएका छन् । स्वास्थ्य केन्द्रहरुका अन्य कुहिने फोहॊरसँगै यस्ता संक्रमित फोहोर पनि एकै ठाउमा राख्दा वातावरण प्रदुषण हुनुका साथै स्वास्थ्यमा समेत नराम्रो असर पर्ने बताईन्छ । अस्पतालजन्य फोहोरमध्ये धारिला पाँच र संक्रमित २० प्रतिशतसम्म हुन्छन् । कुहिने फोहोर ७५ प्रतिशत हुन्छ जसलाई सामान्य फोहोर सरह डम्पिङ गर्न सकिन्छ ।राष्ट्रिय फोहोर व्यवस्थापन निर्देशिका अनुसार स्वास्थ्यउपचार केन्द्रका फोहोर कम्तीमा तीन बाल्टिनमा छुट्टाएर व्यवस्थापन गर्नुपर्ने प्रवधान छ । तर यहाँका स्वास्थ्य केन्द्रहरुले छुटाछुट्टै रुपमा फोहोर जम्मा गरेपनि पछि एकै ठाउमा फाल्ने गरेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग