Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कलमसँगै कैँची चलाऊँदै नेपाली

Published on 3:25:00 PM //


एस.एल.सी. पास गरिसकेपछी कि त कुनै कार्यालयको जागिर खाने होइन भने एउटा सामान्य बोर्डिङ स्कुलको शिक्षक बन्ने अधिकांश नेपाली युवाहरुको चलन नै हो । आफ्नै शिप र दक्षताको प्रयोग हुने जस्तो तस्तो काम गर्न लजाउने उनिहरुका सामु प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण अर्घाखाँचीका एक युवाले कपाल काट्ने पेशा अँगालेर उदाहरण प्रस्तुत गरेका छन् । अर्घाखाँची मरेङ्ग- ३, अमिले घर भइ हाल गुल्मीको सदरमुकाम तम्घासमा गाउँले हेयर शैलुन सन्चालन गर्दै आएका २५ वर्षीय विष्णु नेपालीले भने ‘पढेर कलम मात्र होइन कैंची पनि समाउनु पर्छ र जुनसुकै कामलाई पनि आफ्नो मुख्य रोजगार बनाउन सक्नु पर्छ ।’ 
नेपालीले गत तीन वर्षअघि तम्घासकै लुम्विनी हेयर कटिङ्ग सेन्टरमा कपाल काट्ने काम सिके र उक्त पेशाबाट तीन वर्षदेखि मासिक २० हजार भन्दा बढी आम्दानी लिंदै आएका छन् । ‘शिक्षक र कुनै कार्यालयको जागिर खोज्ने मेरै सहपाठीहरु रोजगारको खोजिमा भौतारिदै कतिपय यतिवेला दुव्र्यसनीको सिकार भएका छन् त कति दिल्लीको चौकिदारी गर्न बाध्य छन्’ नेपालीले भने ‘मलाई कुनै कुर्सीको जागिरको आवश्यकता छैन, बरु अझै पढ्छु तर यो पेशा छाड्दिन ।’ उनले शैलुनकै कमाइबाट बाबु आमा, श्रीमति, छोरा छोरीलाई आवश्यक सुविधा उपलब्ध गराउँदै तम्घासमै घडेरी जोड्ने योजना समेत बनाएका छन् । 
नेपालीहरु कपाल काट्न लजाउँछन् । यो पेशा मधेसि वा भारतीयहरुले मात्रै गर्नुपर्छ भन्नेहरुको सोंचाइलाई उनले गलत साबित गरिदिएका छन् । एक जना सहयोगी समेत राखेका नेपालीले अन्य युवालाई प्रेरणा समेत प्रदान गरेका छन् । उनले बडो दुःख सँग मरेङ्गको विरेन्द्र उच्च मा.वि. बाट प्रमाण पत्र तह उत्तीर्ण गरेका थिए । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग