छाला सुन्दर बनाउने ७ उपाय
Published on
3:35:00 PM //
- कमला श्रेष्ठ
मानिसको शरीरमा सबैभन्दा बढी बाहिर देखिने भाग नै छाला हो । त्यसकारणले पनि छालाको उचित स्याहार गर्नु आवश्यक छ । छालाले मानिसको रुप नै परिवर्तन गर्दछ । त्यसकारण समयमै छालाको उचित ख्याल राख्नर्ुपर्छ । यसो गर्नाले मानिसको उमेर ढल्कने ९ब्नभष्लन० प्रक्रिया ढिलो हुने हुन्छ । तर पनि मानिसले विभिन्न कारणले गर्दा छालाको स्याहार तथा सम्भार गर्न सकिरहेका हुँदैनन्, जसले गर्दा मानिस समयभन्दा पहिले नै उमेर ढल्केको देखिने हुन्छ ।छाला प्रायः बाहिर देखिने हुनाले घाम, वातावरणीय प्रदूषण, फोहोर आदिले यसलाई धेरै असर पार्ने हुन्छ । यसले मात्र नभई बढी काममा व्यस्त हुनु, खानाको कुनै ख्याल नराख्नु, न्रि्रा कम, पानीको सेवनमा कमी आदि कारणले गर्दा छाला चम्किलो नहुनेे, मरेको जस्तो ताजा नदेखिने हुन्छ । आफ्नो छालालाई ज्यान दिन तथा ताजा, चम्किलो, सफा स्वस्थ र उज्यालो बनाउनको लागि यहाँँ केही सरल उपायहरु प्रस्तुत गरिएको छ ।
१. सन्तुलित खाना
छालालाई स्वस्थ र ताजा राख्न सन्तुलित खाना नै सबैभन्दा उत्तम उपाय हो । सन्तुलित खाना खाने गर्नाले शरीर स्वस्थ हुन्छ । छाला ताजा हुन मद्दत पुर्याउँछ । यसले गर्दा आप\mनो रुपमा नै धेरै सकारात्मक परिवर्तन आउने हुन्छ । शरीरका कोषहरुमा बुढ्यौली हुने प्रक्रिया ढिलो हुन्छ । कार्बाेहाइड्रेडयुक्त खाना सकभर कम मात्रामा खाने या सके नखानु नै उत्तम हुन्छ । जंक फूड खानाले पनि छालामा नकारात्मक असर पर्छ, जसले गर्दा छाला तेजिलो नहुने, निर्जीवजस्तो देखिनेे, ताजा नदेखिने तथा चम्किलो नहुने हुन्छ । खानामा आवश्यक पौष्टिक तत्त्व कमी भएमा छालामा तुरुन्त नराम्रो असर पर्न थालिहाल्छ । त्यसकारण सन्तुलित खाना खाने, प्रशस्त पानी पिउने, प्रशस्त ताजा फलफूल खाने, हरियो तरकारी प्रशस्त खाने, आवश्यक भिटामिन तथा खनिज तत्त्वहरु पनि खाने गर्नाले छाला स्वस्थ, चम्किलो, ताजा र जीवन्त देखिने हुन्छ । साथै बुढ्यौलीपनको समस्या पनि कम हुने हुन्छ ।
२. पानी
पानी हाम्रो शरीरलाई नभई नहुने तरल पदार्थ हो । आवश्यक मात्रामा पानी सेवन गर्नाले स्वास्थ्यलाई धेरै लाभ पुग्छ । शरीरमा संकलन भई बसेका विषादीयुक्त तत्त्वहरु बाहिर फाल्न पानीको ठूलो भूमिका रहेको हुनाले दिनहुँ कम्तीमा ३-४ लिटर पानी पिउनु जरुरी छ । यसले छालामा तुरुन्त सकारात्मक
असर देखाउँछ ।
३. तनाव
आजकल मानिसको दैनिक जीवन अति व्यस्त र तनावयुक्त हुन्छ । सधैँ व्यस्तताले गर्दा मानसिक तनावमा वृद्धि हुन्छ । यसको असर तुरुन्त छालामा देखा पर्ने हुन्छ । मानसिक तनावले केशलाई पनि धेरै हानि पुर्याउँछ । त्यसकारण कामको साथै आरामको पनि उत्तिकै जरुरी हुन्छ । पैदल
हिँड्नु, योग गर्नु, केही समय ध्यानमा बिताउनु जस्ता कार्यले मानसिक तनाव कम गर्न मद्दत पुग्छ । फलस्वरुप छालामा यथेष्ट सुधार आउने हुन्छ । मानिसकोे सोच पनि राम्रो भएमा सधैँ प्रफुल्लित रहन सकिन्छ र छालामा पनि सुधार हुन्छ ।
४. न्रिरा
मानिसलाई आवश्यक मात्रामा न्रि्रा नपुगेमा स्वास्थ्यमा तुरुन्त प्रभाव परिहाल्छ । आँखामुनि कालो गोलो-गोलो देखा पर्न थाल्छ, अल्छी महसुस हुन्छ, अनुहारको छाला मरेजस्तो फुस्रो तथा मलीन हुन्छ, एकदम थाकेको महसुस हुन्छ । आवश्यक मात्रामा न्रि्रा भएमा स्वास्थ्यमा फर्ूर्ति आउँछ, ताजा महसुस हुन्छ । छालाले पुनर्जन्म पाएसरह हुन्छ । मानिसलाई दिनको ७-८ घण्टा न्रि्राको आवश्यक पर्छ । राम्रो न्रि्राले गर्दा छालामा तुरुन्त सकारात्मक असर प्राप्त हुन्छ । छाला ताजा, स्वस्थकर, तेजिलो तथा जीवनयुक्त हुन्छ । राम्रो न्रि्राको लागि सुत्नुअगाडि पूरा आराम लिनु जरुरी छ । खाना पनि सुत्नुभन्दा १ या २ घण्टाअगाडि खानु उत्तम हुन्छ ।
५. व्यायाम
नियमित व्यायाम गर्नाले स्वास्थ्यलाई राम्रो गर्दछ । स्वास्थ्य राम्रो भएपछि छाला पनि राम्रो हुन्छ । छालामा जीवन्तता आउने, चम्किलो, नरम, कलकलाउँदो हुने हुन्छ । व्यायामले गर्दा रक्तसञ्चारमा राम्रो प्रभाव हुने हुनाले प्रशस्त अक्सिजन शरीरमा प्रवेश गर्छ, जुन छालालाई स्वस्थ, ताजा तथा चम्किलो बनाउन अति आवश्यक छ । हप्तामा ४-५ दिन र दिनको ३०-४० मिनेट व्यायाम गरेमा छालालाई ताजा, नरम, तेजिलो, जीवन्त तथा स्वस्थ बनाउन धेरै मद्दत पुग्छ । व्यायाम गर्दा पसिना आउने भएकोले हल्का लुगा लगाएर गर्नु बेस हुन्छ । व्यायामपछि नुहाउनु राम्रो हुन्छ ।
६. घामबाट बच्ने
र्सूयको प्रकाशमा हानिकारक किरण ९ग्ख्ब् र ग्ख्द्य० हुन्छन्, जसले छालालाई धेरै नराम्रो असर गर्छ । त्यसकारण बाहिर घाममा निस्कँदा अनुहारमा आफ्नो छालालाई मिल्ने खालको सन स्त्रिmन क्रिम ९क्गल कअचभभल अचभam० राम्ररी दलेर निस्कनु राम्रो हुन्छ । यसले र्सर्ूयको हानिकारक किरणबाट छालालाई बचाउन मद्दत गर्छ । पुरुषको भन्दा महिलाको छाला पातलो तथा नरम हुने भएकोले पुरुषभन्दा महिलाको उमेर चाँडो ढल्केको देखिने हुन्छ । त्यसकारण र्सर्ूयको किरणको प्रभाव पनि महिलाको छालामा तुरुन्त पर्ने भएकोले सन स्त्रिmन क्रिम लगाउने या र्सर्ूयको किरणबाट बच्ने उपाय गर्नर्ुपर्छ ।
७. शृङ्गार गरेको सबै हटाउने
सधैँ बेलुकी भएपछि दिनभरि गरेको शृङ्गार ९ःबपभ गउ० हटाउनर्ुपर्छ । शृङ्गार गरेको हटाउन कुनै पनि असल प्रकारको मेकअप रिमुभर (mबपभ गउ चझयखभच० र कपासको सहायता लिनर्ुपर्छ । मनतातो पानीले अनुहार पखाल्नर्ुपर्छ । त्यसपछि फेसवास ९ ँबअभ धबकज० ले पखाल्नर्ुपर्छ । यसो गर्नाले छालामा कुनै प्रकारको वस्तु जम्मा नभई छालाका छ्रि्रहरु खुल्ला हुन्छन् र हावाको आगमन सही तरिकाले हुन गई छाला ताजा, नरम, स्वस्थ तथा चम्किलो राख्न मद्दत पुग्छ । अन्तिममा स्तरीय फाउन्डेसन लगाउने गर्नर्ुपर्छ ।
साधना मासिकाबाट साभार










0 प्रतिकृयाहरु