Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्लाकै पहिलो विज्ञान भवनको शिलान्यास

Published on 9:44:00 PM //


विष्णु पौडेल
गुल्मीको सदरमुकाम तमघासको महेन्द्र उच्च माध्यमिक विद्यालयमा सामुदायिक विद्यालयतर्फ जिल्लाकै पहिलो विज्ञान शिक्षा भवनको शुक्रवार एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । जिल्लाका ४८ वटा सामुदायिक विद्यालय मध्ये पहिलो पटक सो विद्यालयमा वन्न लागेको चारकोठे विज्ञान भवनको जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले सिलन्यास गर्नुभएको हो ।
 
 जिल्ला शिक्षा कार्यालयको २४ लाख अनुदानमा निर्माण हुन लागेको उक्त भवनको निर्माण कार्य अव छिट्टै शुरु गरिने विद्यालयले जनाएको छ । सिलन्यास कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हरिलाल अर्याल, रेसुङ्गा वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चन्द्रकान्त पन्थी, पुर्व क्याम्पसहरु शशि पन्थी र दीन पन्थी, अगुवा स्रोत केन्द्रका श्रोत व्याक्ति छवि खरेल, समाजसेवी नन्दराम भुसाल, व्यवस्थापन समितिका सदस्य चुरामणी पन्थी, रेसुङ्गा संरक्षण समितिका अध्यक्ष रुद्र भुजेल लगायतको आतिथ्यता रहेको थियो । 
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवनप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राचार्य केशरवहादुर थापाको स्वागत मन्तव्य र शिक्षिका लक्ष्मी अर्यालको सञ्चालन रहेको थियो । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग