Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई विद्यालयमा नागरिक शिक्षा अभिमुखीकरण सम्पन्न

Published on 9:46:00 PM //


नरेश भण्डारी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेकजिल्ला कार्यालय गुल्मीको आयोजनामा ०६८ असार १० गते भाडगाउँ मावि अर्खलेमा नागरिक शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
विद्यालयस्तरका बालबालिकालाई नागरिक शिक्षाबारे संचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नागरिक शिक्षाको परिभाषा र महत्वनागरिक शिक्षा र मानवअधिकार शिक्षाबीचको अन्तरसम्बन्धलोकतन्त्रमा नागरिक समाजको भूमिकालोकतन्त्रमा दलहरूको स्थानलोकतन्त्र र स्थायी शान्तिको लागि बालबालिकाको भूमिका आदि विषयमा जिल्ला संयोजक यज्ञप्रसाद भुसाल र इन्सेक जिल्ला प्रतिनिधि नरेश भण्डारीले सहजीकरण गरे ।
३३ जना बालबालिकाहरूको सहभागिता रहेको कार्यक्रमका सहभागीहरूले इन्सेकद्वारा सञ्चालित यो कार्यक्रमले आफ्नो ज्ञानलाई अझ फराकिलो बनाउन सहयोग पुगेको भन्दै कार्यक्रमलाई थप बालबालिकाको माझमा पुर्याउन आग्रह गरे ।

यस्तै०६८ असार ९ गते राङ्बास मावि सिमीचौरमा पनि नागरिक शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बालअधिकार चेतना समूहका र अन्य विद्यार्थी गरी ३६ जनाको उपस्थिति थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग