Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाली रेष्टुरेण्ट व्यवसायीको जापानमा मृत्यु

Published on 4:08:00 PM //

जापानको यामागाता केन साकातामा रेष्टुरेन्ट ब्यवसाय गरि बस्नु भएका गुल्मी वामिका भिम प्रसाद फुलेलको गत आईतवार राती आफ्नै कोठामा हृदयघाट भई निधन भएको छ । फुलेललाई २७ तारिख विहान ११ बजे आफ्नो रेष्टुरेन्टमा कार्यरत कुकहरूले मृत अवस्थामा फेला पारेका थिए । डाक्टरका अनुसार वहाँको निधन २६ तारिख राती साढे एकबजे तिर भएको थियो । ३ महिना पहिला नेपालमा आफ्ना परिवारलाई भेटेर आएका फुलेल एक्लै बस्दै आएका थिए ।
गुल्मीको वामीटक्सार २ स्थार्इ घर भएका फुलेल सन् १९९१ मा जापान आउनु भएको थियो । वहाँको यामागाता केन साकातामा २ वटा रेष्टुरेन्ट सञ्चालनमा छन् । ४६ वर्षिय फुलेलको नेपालमा श्रीमती र ३ छोराहरू छन् । वहाँ नेपाल मजदुर संघ जापानका अध्यक्ष केशव प्रसादका सहोदर भाई हुनुहुन्छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग