Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीलाई राम्रो बनाउँछौँ: नयाँ कार्यलय प्रमुखहरु

Published on 9:24:00 PM //

गगनशिला खड्का
गुल्मी जिल्लालाई प्रशासकिय हिसावले राम्रो बनाउने कुरामा उद्योगी व्यवसायीको महत्वपुर्ण भुमिका हुने गुल्मीमा आएका नयाँ कार्यलय प्रमुखहरुले बताएका छन । गुल्मी उद्योग बाणिज्य संघले विहिवार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, स्थानीय विकास अधिकारी हिरालाल रेग्मी, प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले गुल्मीको हित र विकासका लागि आफुहरुले सक्दो पहल गर्नै प्रतिबद्धता ब्याक्त गर्नुभएको हो ।
उहाँहरुले गुल्मीलाई शान्ती सुरक्षा र प्रसाशकिय दृष्टीकोणले राम्रो बनाउन र सकारात्मक सन्देश दिनका लागि आफुहरुको सहयोग रहने बताउनुभएको छ । कार्यक्रममा गुल्मी उद्योग संघका पदाधिकारीहरुले गुल्मीको क्षेत्र नं ३ मा जाने सड्कलाई मर्मत गर्नको लागि जिल्ला विकास समिति गुल्मीको ध्यानआर्कषण गराएका थिए । साथै उनिहरुले जिल्ला प्रहरी कार्यलय गुल्मीलाई सदरमुकाम तम्घासमा रहेको मिलनचोकमा दैनिक हुने ट्राफिक जामलाई न्युनीकरण गर्नको लागी छुट्टै प्रहरी विटको स्थापना गर्नुपर्ने माग राखेका छन ।
कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद भण्डारी, पुर्व अध्यक्ष नन्दराम भुषाल, महासचिब कृष्ण प्रसाद पोख्रेल लगाएतले गुल्मीको विकासमा टेवा पुर्याउन गुल्मी जिल्लामा नयाँ आउनुभएका कार्यलय प्रमुखहरुको जिम्मेवारी महत्वपुर्ण रहने बताउनुभएको थियो । कार्यक्रम गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको सभापतीत्व र महासचिब कृष्ण प्रसाद पोख्रलले सञ्चालनमा सम्पन्न भएको थियो । स्वागत कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र प्रहरी नायब उपरीक्षकलाई मायाँको चिनो हस्तान्तरण गरेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग