Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जोखिमपूर्ण फड्के तर्न बाध्य गुल्मेली

Published on 9:35:00 PM //


प्रेम सुनार
गुल्मी, १५ असार  
विकासका दृष्टिले पिछडिएको गुल्मीको क्षेत्र नं. १ का जनता अहिलेसम्म जोखिमपूर्ण फड्के तरेर खोला वारिपारि गर्न बाध्य छन् ।
सदरमुकाम तम्घासबाट १९ कोष दूरीमा पर्ने खड्गकोट गाविस र बाग्लुङ छिस्ती गाविसका जनता पालुङ्ग खोला पार गर्न जोखिमपूर्ण फड्के तर्ने गर्छन् । सिमलको फलेकद्वारा बनाइएको करिब १० मिटर लम्बाइको फड्के खोलाको २० मिटर उचाइमा छ ।
गुल्मीका जनताको खेत बाग्लुङको छिस्तीतर्फ र बाग्लुङका जनताको खेत गुल्मीको खड्गकोटतर्फ भएकाले दैनिक घाँस–दाउरा र पशु ओहोर–दोहोर गर्ने माध्यम सो फड्के मात्र हो । फड्के तर्दा मानिस तथा पशुहरू खस्ने धेरै सम्भावना रहेको शान्तिपुर इलाका वन कार्यालयका फरिस्टर बाबुराम न्यौपानेले बताए । खड्गकोटका यमबहादुर थापाले पाकालाई बानी परे पनि केटाकेटी, डिँगा, बाच्छा खस्ने हुन् कि भन्ने सधंै डर भएको बताए ।
क्षेत्र नं. १ का अन्य कैयांै स्थानका खोलामा फड्के तर्न जनता बाध्य भएको एकीकृत नेकपा माओवादी क्षेत्र नं. १ का संयोजक युवराज केसीले बताए । केसीले विकासका अन्य पूर्वाधारसँगै फड्केको विकल्प आधुनिक झोलुङ्गे पुल जिल्लाको प्राथमिकता हुनुपर्नेमा जोड दिए ।
क्षेत्र नं. २ मै पर्ने हस्तीचौर–मुसिकोट जोड्ने निस्तीको उपल्लो फाँटमा झोलुङ्गे पुल नहुँदा गत जेठ महिनामा मुसिकोट १ का ३६ वर्षीय अर्जुन महतको खोलाले बगाएर मृत्यु भएको थियो । फड्के पुलका सम्बन्धमा ध्यानाकृष्ट गराउँदा सभासद् बरालले  स्थानीय विकास मन्त्रालयअन्तर्गत डोलीडार  सस्पेन्सन ब्रिज शाखामा यस क्षेत्रका लागि पुल निर्माणको प्रस्ताव पेस गरे पनि रकम अभावको कारण देखाई निकासा हुन नसकेको बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग