Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा पनि रोपाईँ महोत्सब सम्पन्न

Published on 10:46:00 PM //


असार पन्ध्र तथा राष्ट्रिय धान दिवशको अवशरमा आज गुल्मी जिल्लामा पनि रोपाई महोत्सव सम्पन्न भएको छ । धान उत्पादनमा वृद्धि कृषि पर्यटनवाट संमृद्धि भन्ने नाराका साथ आज जिल्ला कृषि विकास कार्यालय गुल्मीको आयोजनामा गुल्मीको अमरपुर गाविस स्थित चौरासी फाँटमा रोपाई गरि धान दिवश मनाईएको थियो । स्थानीय स्तरका कृषकहरुलाई धान उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले दिपज्योती वहुउद्देश्य सहकारी संस्थाको सहकार्यमा उक्त रोपाई महोत्सव गरिएको हो । 
महोत्सव आयोजनामा जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, वरिष्ठ कृषि विकास अधिकृत नरहरि प्रसाद घिमिरे, जिल्ला पशुसेवा कार्यालय प्रमुख डाक्टर हरिवहादुर कुँवर लगायत स्थानीय कृषकहरुको सहभागिता रहेको थियो । पाँच हेक्टर क्षेत्रफलमा फैलीएको उक्त चौरासी फाँटमा आयोजना गरिएको रोपाई महोत्सवका लागि स्थानीय दिपज्योती वहुउद्देश्य सहकारी संस्थाको सहयोगमा दहिचिउरा खुवाई असारेगीत गाएर रमाईलो गरेका थिए । 
यसपटक समउमै पानी परेको र गतवर्षदेखि जिल्लामा धान उत्पादनमा वृद्धि गर्नकालागि कृषि विकास कार्यालयले पहल शुरु गरेपछि यो पटक विगतका वर्षहरुको तुलनामा यसवर्ष धान उत्पादनमा ७ प्रतिशतले वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयको तथ्यांक रहेको छ । जिल्लामा गतवर्ष १० हजार ४ सय ३ हेक्टरमा क्षेत्रफलमा २१ हजार ८ सय ८८ मेट्रिकटन धान उत्पादन भएकोमा ९ सय ७३ मेट्रिकटन चैते र २० हजार ९ सय १६ मेट्रिकटन वर्षे धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत मणिरत्न अर्याललले वताउनु भएयो । 
जिल्ला कृषि विकास कार्यालय गुल्मीले यसपटक त्यस क्षेत्रका उत्कृष्ट किसान कृष्णप्रसाद घिमिरेलाई सम्मान समेत गरेको थियो । दिपज्योती वहुउद्देश्य सहकारी संस्थाले पनि तरकारी फलफुल माछापालन लगायतका क्षेत्रमा राम्रो काम गर्ने कृषकहरुलाई समेत सम्मान गरेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग