Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुपाकोट समाजका अध्यक्ष फिन्ल्यान्ड आउँदै

Published on 11:47:00 AM //


रुपाकोट समाज गुल्मी-काठमाडौंका अध्यक्ष शिव भण्डारी आज शुक्रबार फिन्ल्यान्डको राजाधानी हेल्सिन्की आउँदै हुनुहुन्छ । समग्र रुपाकोट गाविसको बिकास तथा पर्ब्रद्दनको लागि रुपाकोट स्थाइ घर भई हाल फिन्ल्यान्डमा बसोबास गरिरहनुभएका तथा अन्य गुल्मेलीहरुसँग छलफल तथा परामर्शको लागि भण्डारी आज दिउँसो २ बजे हेल्सिन्की आउने कार्यक्रम रहेको छ । भोली दिउँसो एक कार्यक्रमको आयोजना गरी रुपाकोटको बिकास तथा त्यहां रहेका स्थानिय स्रोत र साधनको पहिचान गरी तिनिहरुको प्रबर्द्दनको लागी छलफल गरिने रुपाकोट समाज गुल्मीले जानकारी दिएको छ । 
रुपाकोट समाज गुल्मी काठमाडौंले यस अघी नै यज्ञ गैरेको अध्यक्षतामा रुपाकोट समाज गुल्मी बुटवल पनि गठन गरिसकेको छ भने गुल्मीमै स्थानेश्वर भण्डारीको अध्यक्षतामा १५ सदस्यिय सहकारीको तदर्थ समिती गठन गरेको छन जुन अहिले दर्ता प्रकृयामा रहेको छ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग