Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हराएका भनिएका ब्याक्तिको वामिमा शव फेला

Published on 2:57:00 AM //

 यही जेष्ठ १६ गतेखि हराईरहेका एक व्याक्तिको शव आज गुल्मीको वामी गाविसमा फेला परेको छ । कुर्घा गाविस वार्ड नं. ७ घर भई वामी गाविस वार्ड नं. ७ स्थित देववहादुर सिँह ठकुरीको घरमा वस्दै आएका ५१ वर्षे मङ्गले गन्धर्वको शव आज वामी गाविसको पुराना गाउँ सोलानाथ भन्ने खर्यानमा फेला परेको हो । हराउनु अघि घरायसी विषयमा उनीमाथि गम्भिर आरोप लगाईएको भए पनि उक्त आरोपको भने पुष्टि हुन सकेको छैन । आफु माथि लागेको आरोप अस्वीकार गर्दै उनी उक्त दिनदेखि फरार रहेको वताईएको छ । मृत्युको कारण भने खुल्न सकेको छैन । घटनाको विषयमा अनुसन्धानपछि मात्र मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग