Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘म्याग्दी रनिङ कप २०११’ गुल्मीलाई

Published on 9:09:00 PM //

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको प्रतिष्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कप २०११ लाई गुल्मी सम्पर्क समितिले आफ्नो पो्ल्टामा पार्न सफल भएको छ । प्रतियोगिताको फाईनल खेलमा  पर्बत प्रवासी सेवा समाज संगको कडा प्रतिष्प्रर्धा संगै गुल्मी सम्पर्क समितिले २-१ को अन्तरले बिजय हांशिल गर्दै म्याग्दी कपलाई आफ्नो पो्ल्टामा पार्न सफल भएको हो ।
 १५ टीमले सहभागिता जनाएको यस प्रतियोगितामा तेश्रो स्थानको लागि भएको गोला नतिजा अनुसार तनहुं प्रवासी उद्दार समितिले नेपाल मगर संघलाई पछि पार्दै तेश्रो स्थान प्राप्त गर्न सफल भएको छ गत सालको  म्याग्दी रनिङ कप बिजयी बाग्लुङ टीम लगायत दाबेदार मानिएका अन्य टीमहरु  पहिलो र दोश्रो चरणबाटै बाहिरिन पुगेका थिए ।  म्याग्दी रनिङ कप २०११ मा गुल्मी टीमका सुजन श्रेष्ठलाई उत्कृष्ट खेलाडी घोषणा गर्दै नगद पुरस्कार र प्रमाण पत्र बितरण गरिएको थियो । 
करिव ३ सय जना भलिबल फ्यानहरुको उपस्थित रहेको उक्त प्रतियोगितामा आयोजकको तर्फबाट सेलरोटी लगायतका मिष्ठान्न परिकारहरुको बिक्री बितरण गर्नुको साथै चुट्के र झ्याउरे भाकाका ठेट नेपाली गीतहरुले गुन्जायमान हलमा मनोरन्जन लिंदै प्रतिष्प्रर्धात्मक भलिबल खेलको अवलोकन गरेका थिए  ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग