Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 10:10:00 PM //

-अशोक गौतम "क्षितिज"
नाम त मेरो अशोक थियो तर उनी काले भन्थीन,
ठट्टा गर्दै म त पोथी हजुर त भाले भन्थीन ।

हात माथी हात राखी संगै जिउने वाचा गर्दा,
सधै हजुर साथमा भए संसार झाले माले भन्थीन ।

हामी दुई को मिलन भयो पछिकालाई टक्कर दिन्छु,
कोही कसैले नजर लाए खालास चप्पल साले भन्थीन ।

दिदीको नी लभ म्यारीज भो मैले पनि यसै गरे,
कहिले कांही माइत जांदा मार्ने होलान वाले भन्थीन ।

संग संगै विताएका विगदका ति रात संझिदै,
मन वुझाउन सिरानीलाई अंगालो मा हाले भन्थीन ।

तन मात्र अलग्गै हो मन मुटु एउटै हाम्रो,
त्यै मनको "क्षितिज" वाट चिहाउन थाले भन्थीन ।
गुल्मी पौंदीअमराई-३ मा पनि मेरो रस्ती वस्ती
हाल- अरबको तातो बालुवाबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग