Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कालिगण्डकी कोरिडोरमा सवारी

Published on 9:47:00 PM //


घनश्याम गौतम 
कालिगण्डकी कोरिडोर अन्तर्गत पहिलो खण्ड रुद्रवेणी-ठूलो लुम्पेकको पाँदीसम्म ९ किलोमिटर सडकमा सवारी आवागमन सुरु भएको छ ।

कोरिडोरको हर्मिचौर-पूर्तिघाट खण्डका अधिकांश सडक निर्माण पूरा भएपनि आर्थिक अभावमा ठुलोलुम्पेकको पाँदी र हर्मिचौर-पूर्तिघाट सिमानाको कडा चट्टान फुटाउन नसक्दा बाटो छिचोल्न सकेको थिएन । यही कारण हाललाई निर्माण पूरा भएका ९ किमिमा मात्र सवारी सञ्चालन गरिएको हो । करिडोरको पहिलो खण्डको सभासद सुदर्शन बलालले सोमबार सुभारम्भ गरेका हुन् ।पाल्पाको रानीघाट, अर्गली, गुल्मीको धार्मिकस्थल रिडीबाट कालीगण्डकीको पश्चिमी किनारा हुँदै पर्वत कुश्मीसेरासम्म पुग्ने कोरिडोरको पूर्तिघाट-अर्वेनी हुँदै पर्वतको सेतीबेणीसम्म झन्डै १० किलोमिटर खण्डमा पनि सवारी चल्न थालेको छ ।ठूलोलुम्पेकको पाँदीमा कडा चट्टान परेकाले अगाडि बढाउन नसकिएको उपभोक्ता समितिले जनाएको छ । चट्टान फुटाउन १ करोडभन्दा बढी लाग्ने भए पनि रकम नभएकाले पाँदीसम्म सवारी चल्न सकेको उपभोक्ता समिति अध्यक्ष ओमप्रसाद न्यौपानेले बताए । निर्माण पूरा भएको कोरिडोर सडकको लागत १ करोड रुपैयाँ बढी छ । सडक डिभिजन कार्यालय पाल्पामार्फत खण्ड/खण्ड गरेर पैसा आउने गरे पनि काम प्रभावकारी हुन नसकेको उपभोक्ताको गुनासो छ । सडक कार्यालयमार्फत रुद्रवेणी हर्मिचौर खण्डमा २० लाख र हर्मिचौर पूर्तिघाट खण्डमा १३ लाख रकम निकासा भएको भएपनि सडक कार्यालयले ठेक्का प्रक्रियाबाट गर्ने गरेकाले काम प्रभावकारी हुन नसकेको हो ।निकासा भएको रकममध्ये सडक कार्यालयले रुद्रवेणी हर्मिचौर खण्डमा १४ लाखको काम आफै गरेर ६ लाख र हर्मिचौर पूर्तिघाट खण्डका लागि १३ लाख निकासीमध्ये उपभोक्तालाई ५ लाख ७० हजारमात्र उपलब्ध गराएर ७ लाखको काम कार्यालय आफैले ठेक्कामार्फत गरेको छ । कोरिडोरको ठूलोलुम्पकेको पाँदी र हर्मिचौर पूर्तिघाटको सिमानामा परेको कडा चट्टान फोर्न नसक्दा सबै खण्डमा सवारी सुचारु हुन सकेका छैनन् । सभासद बलालले कारिडोरले गुल्मीलाई तराई र हिमालसंग जोड्ने भए पनि निर्माण निरन्तर अगाडि बढाउन नसकिएको बताए । अबको बजेटमा यस कोरिडोरलाई प्राथमिकतासाथ राखिएको उनले बताए । झण्डै ३२ किलोमिटर कोरिडोर सडक पूरै निर्माण हुन नसक्दा पूर्वी क्षेत्रका हर्मिचौर, पूर्तिघाट, अर्वेनी, जयखानी, खड्गकोटलागयत गाविसवासी स्याङ्जा, पाल्पा हुँदै सदरमुकाम आउन बाध्य छन् । त्यस क्षेत्रमा उत्पादन हुँदै आएको कृषिजन्य बस्तुले सजिलै बजार पाउने भएकाले पनि कोरिडोर निर्माण तीव्र पार्ने गरी योजना बनाउन सर्वसाधारणले आग्रह गर्दै आएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग