Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिल्ला प्रथम छात्रा सम्मानित

Published on 9:48:00 PM //


विष्णु पौडेल 
यस वर्षको एस एल सी परिक्षामा जिल्ला प्रथम छात्रा अनुपमा थापालाई एक कार्यक्रमका विच सम्मान गरिएको छ ।
 
गुल्मीको सदरमुकाम तम्घासमा रहेका महेन्द्र उच्च माध्यामिक विद्यालय तम्घासवाट एस एल सी दिएकी अनुपमालाई शुक्रबार विद्यालयमा आयोजित सम्मान र्काक्रममा सम्मान गरिएको हो । ६ दशक देखिको लामो इतिहासलाई तोड्दै उनी यस वर्ष सामुदायिक विद्यालय तर्फवाट जिल्लामै उत्कृष्ठ भएकी हुन् । उनले जम्मा ८०० पुणराङ्कको परिक्षामा ६९६ अर्थात ८७ प्रतिशत अंक प्राप्त गरेकी छन् । 
 
सम्मान कार्यक्रममा वोल्दै जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले उनी जिल्लाकै गौरव भएको वताउनुभयो । उहाले अनुपमाले वर्षौदेखिको इतिहास तोडेको भन्दै सामुदायिक विद्यालयले राम्रो नतिजा  ल्याउन सक्दैनन भन्नेको लागी मुखैभरीको जवाफ भएको वताउनुभयो । आफुले अवको एस एल सी परिक्षामा झन् सुधार गर्ने पनि जानकारी दिनुभयो । उहाले एस एल सी मा एक जना पनि पास गराउन नसक्ने विद्यालयलाई कालो सुचीमा राखिएको र ३७ विद्यालयलाई स्पष्टीकरण मागिएको पनि वताउनुभयो । कालो सुचीमा परेका विद्यालयले लगातार २ वर्षसम्म  विद्यार्थी पास गराउन नसके त्यस्ता विद्यालयको विकास वजेट रोक्ने चेतावनी समेत दिनुभयो । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग