Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राजनितिक दलको हस्तक्षेपले सामुदायीक बिद्यालयको अबस्था खस्कदो

Published on 7:55:00 PM //


पि.एम.मगर
राजनितिक दलको हस्तक्षेपको कारणले सामुदायीक बिद्यालयको अबस्था खस्किएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले औल्याएका छन् । उनीहरुले राजनितिक दलले बिद्यालय ब्यबस्थापन समिति र शिक्षक नियुक्तिमा भागबण्डा खोज्ने तर बिद्यालयको गुणस्तर सुधार्ने पक्षमा कति पनि ध्यान नदिदा सामुदायीक बिद्यालयको अबस्था खस्किएको बताएका छन् । 
अर्घाखाँचीको सन्धिखर्कमा २०६७ सालको एस एल सी परीक्षाको नतीजा सम्बन्धि समीक्षा र आगामी परीक्षा सुधार सम्बन्धमा जिल्ला स्तरिय गोष्ठीमा बोल्ने बक्ताहरुले यस्तौ औल्याएका छन् । २०६७ सालको एस एल सी परीक्षमा सामुदायीक बिद्यालयको समग्र प्रतिशत २७ प्रतिशत मात्र आए पछि आज परीक्षाको बारेमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसबराज घिमिरे, प्रहरी नायब उपरिक्षक अरुण पौडेल, जिबिसका योजना अनुगमन तथा प्रशासकिय अधिकृत धु्रब गिरी, माओवादीका जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का, जिल्ला सेक्रेटरी ठाकुर कुमार बिक, नेपाली काग्रेसका जिल्ला सचिब बासुदेब आचार्य, राजमोका सागर केसी लगायत राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, सम्पुर्ण सामुदायीक बिद्यालयका प्रधनाध्यापक , बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, शिक्षा संग सरोकार राख्ने मानिस र संचारकर्मिको सहभागिता रहेको थियो । 
कार्यक्रमको बारेमा र अर्घाखाँचीको एस एलसी परीक्षाको बारेमा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी गराउनु भएको थियो । कार्यक्रम जिविसका योजना अनुगमन तथा प्रशासकिय अधिकृत धु्रब गिरीको सभापतित्व, शिक्षा कार्यलयका लिलबहादुर राउतको संचालन र बलाराम मिश्रको संचालनमा सम्पन्न भएको हो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग