वन्दुक वोकेर गाई चराउँदै
Published on
4:02:00 AM //
पि.एम.मगर
गुल्मीको क्षेत्र नं. १ मा पर्ने लम्विनी अञ्चलकै सवै भन्दा अग्लो लेक थाप्ले सत्यवती वन क्षेत्रमा चोरी शिकारी वढ्दै गएको छ । सो क्षेत्रमा चोरी शिकारीका लागि वन्दुक वोकेर गाई चराउन जानु केही युवाहरुको दैनिकी जस्तै वनेको छ ।

शान्तिपु रेञ्जर पोष्टवाट करिव ३ घण्टाको दुरीमा उक्त गाउँ पर्ने भएकाले पनि आफुहरुको त्यस तर्फ हरवखत नजर पुग्न नसक्ने र सो गाउँ क्षेत्र नजिक पनि वाग्लुङ्गको संवन्धित निकाय नभएकाले खुलेआम भरुवा वन्दुक वोकेर हिडेको देखिने रेञ्जर पोष्ट प्रमुख वावुराम न्यौपानेले वताए । उता सत्यवती संरक्षण तथा पर्यटन प्रवद्र्धन विकास केन्द्र नेपालका अध्यक्ष जितु तरामु मगरले चोरी शिकारी नियन्त्रणको प्रयासमा आफुहरु लागिरहेको दावी गरे ।
यस संवन्धमा जिल्ला वन कार्यालय गुल्मीले भने चोरी शिकारी नियन्त्रणका लागि स्थानीय रेडियोवाट सुचना जारी गरिएको तर उक्त क्षेत्र निक्कै दुर्गम स्थानमा रहेकोले सोँचे अनुसार नियन्त्रण हुन नसकेको निमित्त जिल्ला वन अधिकृत कर्णवहादुर पाण्डेले वताए । उनले सो क्षेत्रमा पश्चिम पहाडका जनावरहरुको वास स्थान र वनस्पती एवं जडिवुटीहरुको समेत भण्डार रहेकोले राष्ट्रिय संरक्षण क्षेत्र हुनुपर्नेमा जोड् दिए ।
0 प्रतिकृयाहरु