Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बालकको मृत्युपछि रिडी बजार दिनभर तनावग्रस्त

Published on 3:33:00 AM //


घनश्याम गौतम
बसको ठक्करबाट बालकको मृत्यु भएपछि शुक्रवार दिनभर तनावग्रस्त बनेको रिडी बजार साँझबाट सामान्य बनेको छ ।
बुटवलबाट बाग्लुङको बूर्तिबाङ्ग तर्फ जाँदै गरेको लु. १ ख. ३९९६ नम्बरको बसले रुरु-६ का ४ वर्षीय प्रशान्त गुरुङ्गलाई ठक्कर दिएको थियो ।
बसको पछाडीको भागले ठोक्किएर बसको टायरमुनी परेका बालकको किचिएर घटनास्थलमै मृत्यु भएको थियो । घटनाको विरोधमा आक्रोसित स्थानीय बासिन्दाले ठक्कर दिने बस तोडफोड गर्दै दिनभर रिडी बजारमा प्रदर्शन र इलाका प्रहरी कार्यालय समेत घेराउ गरेका थिए । स्थानीयको माग अनुसार पीडितलाई उचित क्षतिपूर्ति र चालकलाई हदैसम्मको कारवाही गर्ने सहमतिपछि स्थिती सामान्य बनेको थियो ।
सहमतिपछि शवको मुचुल्का तयार गरि पोष्टमार्टमको प्रकृया अगाडी बढाईएको र यातायात पनि सुचारु भएको प्रहरी निरिक्षक श्याम अर्यालले बताए । रिडी तनावग्रस्त बनेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक ओमप्रसाद चौधरीको नेतृत्वमा थप प्रहरी रिडी पठाइको थियो । प्रहरी नायव उपरीक्षक पदमप्रसाद सुवेदी र निरीक्षक चौधरीलाई स्थानीयसँग वार्ता गर्न दिनभर लागेको थियो ।
जिल्लाकै ब्यस्त बजारमा सडक अबरुद्ध हुँदा रिडी हुँदै बुटवल जाने र बुटवलबाट गुल्मी, अर्घाखाँची, बाग्लुङ्गका विभिन्न स्थानमा जाने सवारी साधन र हजारौं यात्रुहरु दिनभर अलपत्र परेका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग