Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोडलिङमा क्यारियर बनाउँदै गुल्मेली ब्यांकर

Published on 7:21:00 PM //


उनको मुख्य पेशा त बैंकिङ हो तर मोडलिङमा पनि क्यारियर बनाउन खोज्दैछन उनी । उनी अर्थात बुटवल फाइनान्स लिमिटेड बुटवलमा कार्यरत सन्तोष पौड्याल हालै मात्र एउटा गीताको म्युजिक भिडियोमा अभिनय गरेपछी मोडलिङमा स्थापित हुन खोज्दै छन । पछील्लो समय चर्चामा रहेको हितान शुक्रको शब्द, संगीत र निर्देशन रहेको आधुनिक गिती एल्बम "सिकर्स"को "तिम्रो मुटुको कुनै कुनामा मलाई राखिदेउ...." बोलकी गीताको म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएपछी उनी मोडलिङ प्रती अझ बढी आकर्षित भएका छन ।
उक्त गीताको चर्चा र म्युजिक भिडियोको अभिनय मन पराएर साथीभाइ, शुभचिन्तकबाट थुप्रै सकारात्मक प्रतिकृया पाएपछी सन्तोष बैंकको जागीर संगसंगै मोडलिङको क्षेत्रमा पनि राम्रो गर्ने धुनमा छन । "पहिलो प्रयासमै राम्रो रेस्पोन्स पाएको छु, तर स्थापित हुन निरन्तर मेहनत र साधना गर्नुपर्छ", भविष्यमा एक सफल मोडल बन्ने लक्ष्य बोकेका सन्तोष भन्छन । फाइनान्सको जागिर सँगै अभिनयलाई कसरी निरन्तरता दिन सक्नुहुन्छ त भन्ने जिज्ञासामा उनी भन्छन- "ईच्छा शक्ती र काम गर्छु भन्ने आँट ठुलो कुरा हो, समय त मिलाउन सकिहालिन्छ नि !"
गुल्मी जिल्लाको बलेटक्सार-५ मा जन्मेका एमबिएस अध्ययनरत सन्तोष रोट्र्याक्ट क्लब अफ बुटवलको इलेक्ट प्रेसिडेन्ट पनि हुन । सामाजिक सेवकओ क्षेत्रमा पनि आफु सक्दो योगदान राख्नुपर्छ भन्ने मान्यता राख्ने उनी फुर्सदको समयमा आईटिको क्षेत्रमा बिकशित प्रबिधिबारे जानकारी लिन, संगीत सुन्न र फुटबल खेल्न मन पराउने बताउँछन ।    
सन्तोष अभिनित भिडियो हेर्न तल क्लिक गर्नुहोला

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग