Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 1:55:00 PM //

-अशोक गौतम क्षितिज

जुनी जुनी तिम्लाई माया गर्न पाए हुन्थ्यो लुरी
तिम्रो ह्रिदयमा वसाई सर्न पाए हुन्थ्यो लुरी।

तिमीलाई यो दिलमा सजाई अनि हात समाई
मायाको त्यो महासागर तर्न पाए हुन्थ्यो लुरी।

यो मनको चाहाना र फक्रिएको जोवन संगै
चोखो दिल् को मझेरीमा चर्न पाए हुन्थ्यो लुरी।

फुल्दै अनि लहराउदै प्रक्रितीको वागमा हामी
मन्द मिठो सुवासना छर्न पाए हुन्थ्यो लुरी।

पवित्र त्यो नाता अनि पवित्रै सिन्दुर संगै
खाली सिंउदो मेरै हात ले भर्न पाए हुन्थ्यो लुरी।

सुख दु:ख पिडा व्यथा हांसो आंशु सयर गर्दै
तिम्रै काखमा रमाउदै मर्न पाए हुन्थ्यो लुरी।



पौंदिअमराई -३ गुल्मि

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग