Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खनाल सरकारले नै लेख्छ संविधानः ऊर्जा मन्त्री

Published on 11:13:00 PM //

घनश्याम गौतम 
ऊर्जा मन्त्री गोकर्ण विष्टले झलनाथ खनाल नेतृत्वकै सरकारले शान्ति प्रकृया टुङ्गोमा पुर्‍याउने र संविधान जारी गर्ने बताएका छन् । उनले सरकारले छिट्टै बजेट ल्याउने तयारी भैरहेको समेत बताए । जिल्लाका पश्चिमी क्षेत्रका एक दर्जन गाविसका राजनीतिक दलहरुले ऊर्जा मन्त्री विष्टको सम्मानमा आयोजित कार्यक्रममा उनले जनताका चाहाना पुरा गर्न र शान्ति स्थापना गर्न सरकार लागिपरेको बताए ।
मुलुक गरिबी र बेरोजगारकै कारण अहिलेको अवस्थामा आइपुगेको बताउँदै विष्टले सरकार त्यस्ता समस्या समाधानमा समेत प्रयासरत रहेको बताए । 'यो सरकार जनताको चाहाना अनुसार शान्ति स्थापना र संविधान जारी गर्नेमा लागि परेको छ', मन्त्री विष्टले भने, 'जनताको आर्थिक र सामाजिक परिवर्तन गरी जिवनस्तर उकास्ने कार्यमा पनि सरकार केन्दि्रत भएको छ ।'
विष्टले सरकारले जनताका विकास र आर्थिक समृद्धिका लागि सम्बोधन गर्ने गरी छिट्टै बजेट ल्याउन लागिएको बताए ।
मन्त्री विष्टले अहिले विभिन्न शक्ति केन्द्रहरुले संविधान सभा भन्दा बाहिरबाट संविधान जारी गर्ने प्रयासहरु भैरहेको भन्दै त्यसको विरोध गरे । 'हामी शक्ति केन्द्रको प्रयासलाई असफल पार्दै संविधान सभाबाटै संविधान जारी गर्ने गरी अगाडी बढीरहेका छौं, त्यौ छिट्टै नै हुनेछ', उनले भने ।
मन्त्री विष्टलाई पुर्कोटदह, भनभने, हाडहाडे, मलायागिरी, बाँझकटेरी, म्यालपोखरी, अग्लुङ्ग, सिर्सेनी, वाग्ला, इश्मारजस्थल, अर्घाखाँचीको हंसपुर, प्यूठानको सौतामारे, बाङ्गेमरोठ लगायतका गाविसहरुले सर्वदलिय निर्णय गरेर दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका थिए । दुई दर्जनबढी आमा समुह र युवा क्लबहरुले समेत विष्टलाई सम्मान गरेका थिए ।
'जिल्लाकै विकासप्रेमी नेता मन्त्री बनेको खुशीयालीमा सम्मान आयोजना गरेका हौं', आयोजक पुर्कोटदहका शेखर पन्थीले भने, 'यो सम्मान व्यक्ति र कुनै एक राजनीतिक पार्टीको नभएर जनताको तर्फबाट सामुहिक सम्मान हो ।'
सम्मानसँगै मन्त्री विष्टलाई गाउँलेहरुले बिजुली, खानेपानी, सिँचाइ, सडक शिक्षा लगायतका क्षेत्रमा सहयोग पुर्‍याउन आग्रह गर्दै दर्जनौं मागपत्र बुझाएका थिए ।
सम्मानका लागि टाढाका गाविसहरुबाट आउनेहरुलाई आयोजकले खाने व्यवस्था समेत मिलाएको थियो । विष्टले जनताका मागहरुलाई आफुले सक्दो सम्बोधन गर्ने बताए ।
रक्षा मन्त्री विष्णु पौडेलसहित आएको हेलिकप्टर विष्टलाई पुर्कोटदहमा छोडेर सल्यान, प्यूठान, दाङ्ग लगायतका नेपाली सेनाका ब्यारेक अनुगमन र प्यूठानको स्वर्गद्वारी दर्शनमा निस्केको थियो ।
अनुगमन र दर्शनपछि फर्केका विष्णु पौडेलले पुनः पुर्कोटदहमै आएर विष्टलाई लिएर सोमबार साँझ काठमाडौं फर्किएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग