Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आर्थिक क्रान्तीका लागि उधोगी व्यवसायीको नेतृत्व आबश्यकः मन्त्री रायमाझी

Published on 9:16:00 PM //


गगनशिला खड्का
भौतिक योजना तथा निर्माण मन्त्री टोप वहादुर रायमाझीले आर्थिक क्रान्ति विना नेपालको राजनिती, सामाजीक समस्या हल नहुने भएकोले त्यसको नेतृत्व उद्योग व्यावसायीहरुले लिनुपर्नेमा जोड दिनुभएको छ । गुल्मीको  विहिवार गुल्मीको सदरमुकाम तम्घासमा गुल्मी उधोग वाणिज्य संघले आयोजना गरेको उधोगी व्यवसायीहरुको भेटघाटमा उक्त कुरा बताउनुभएको हो । 
पवित्र धार्मिक स्थल लुम्विनीवाट अर्को पवित्र धार्मिक स्थल ढोरपाटन सम्म पुर्याउने मोटरवाटो निर्माणका लागी सरकार द्रुत्त गतिमा लागि परेको उहाँले बताउनुभयो । लुम्विनी, सालझण्डी अर्घाखाँची हुदै आउने उक्त मोटरवाटो अर्घाखाँचीकै वलकोटवाट सिधै गुल्मीको पुर्कोट दह हुदै ढोरपाटन र सदरमुकाम तम्घास हूदै इन्द्रेगौडा अर्थात दुवै तर्फवाट ढोरपाटन पुर्याउने लक्ष्य लिईएको मन्त्री रायमाझीले वताउनुभयो । 
गुल्मीवासीले हालसम्म वुटवल तम्घासको ११५ कि.मी लामो दुरीको यात्रा गरीरहेका छन् । लुम्विनी ढोरपाटन मोटरवाटो खुलेपछि ९० कि.मी छोटो दुरीमै वुटवल वाट तम्घास आईपुग्ने सुविधा समेत प्राप्त हुने भएकोले उक्त वाटोलाई विशेस प्राथमिकता दिईएको उनको भनाई थियो । त्यस्तै मन्त्री रायमाझीले लुम्विनी-चितवन हुदै स्याङजाको गल्याङ र रिडी हुँदै अर्घाखाँची सम्म रेलमार्ग निर्माण गरीने समेत वताउनुभयो । उक्त रेलमार्ग निर्माणका लागि अन्तराष्ट्रीय एक संस्थाले सहयोग गर्ने भएको जानकारी समेत उहाँले जोड दिनुभयो ।  
सरकारले छुट्टै रेल विभाग स्थापनाको प्रक्रिया समेत अगाडि वढाएको जानकारी उहाँले दिनुभयो । त्यस्तै मध्य पहाडी राजमार्ग कालीगण्डकी कोरीडोर, गुल्मी अर्धाखाची मोटरवाटो, गुल्मीको इन्द्रगौडा, रुद्रवेणी पुर्तिघाटमा पक्की पुल निर्माण गरीने समेत मन्त्री रायमाझीले वताउनुभयो। गुल्मी उधोग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिब कृष्ण प्रसाद पोख्रलले गर्नुभएको थियो । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग