Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोमा पुरिएर एकको मृत्यु, खोलाले बगाउँदा एक महिला बेपत्ता

Published on 7:57:00 PM //


पि.एम.मगर
अर्घाखाँचीको हंसपुर गाविसमा पहिरोमा घर पुरिएर एक महिलाको ज्यान गएको छ । हंसपुर गाविसको वाड नं ६ साखिन्दार निवासी चन्द्रबहादुर श्रीसको घर पहिरोमा पुरिएपछि श्रीसकी श्रीमतीको ज्यान गएको हो । उनको शब गाँउलले पहिरोवाट बाहिर निकालेका थिए । उनको नाम भने खुल्न सकेको छैन । त्यस्तै हंसपुर गाविसको वाड नं १ मा रहेको हिउ खोलाले बगाउदा एक महिला बेपत्ता भएकि छन् ।
महिलाको ब्यक्तिगत परिचयको बारेमा केहि थाहा नभएको स्थानीय ईन्द्र रेग्मीले बताएका छन् । उनको खोजीकार्य भैरहेको स्थानीय बासिन्दाले बताएका छन् । त्यस्तै हंसपुर गाविसको वाड न. ५ मा उदय थापाको तृष्णा मेडिकल भएको घर र हसपुर ४ कै केदार सिंह घर्तीको घर पनि पहिरोले पुरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग