Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कतै धान रोप्दै त कतै पाक्दै

Published on 8:01:00 PM //


पि.एम.मगर
छल्दी पनाहको घम्मु फाँटमा चैते धान झुल्दै । फोटो: पिएम मगर
गुल्मीका अधिकांस स्थानमा यति वेला धान रोपाईको माचो छ तर छल्दी पनाहाको घम्मु फाँटमा भने चैते धान लहलह पाक्ने क्रममा छ । दर्लामचौर गाविस ९ को काखमा रहेको हुलाके नजिकै सो फाँटमा अरदी खोलावाट बार्हैमासे सिँचाई हुने भएकाले उक्त खेतका धनीहरुले बर्षेनी दुई खेती धान र गहुँ, मकै, तरकारी खेति गरेर दोहोरो-तेहेरो आम्दानी लिने गरेका छन् । उक्त खेतमा प्रयाप्त सिँचाई हुने भएकोले आगामी दिनमा धान खेतिको सट्टा सामुहिक रुपमा तरकारी खेति गर्ने सोच रहेको वस्तु गाविस १ सुरेन्द्र पाण्डेले वताए । 
१६ जना खेतधनीहरुको एक सय रोपनी भन्दा वढी उक्त फाँटलाई भाडामा लिएर सामुहिक तरकारी खेती गर्नका लागि कृषी प्राविधिकहरुसँग परामर्श लिईएको पाण्डेले वताए । कृषि विकाश अधिकृत नरहरी घिमिरेका अनुसार परम्परागत खेतिको सट्टा तरकारी खेति गर्न सके त्यस फाँटवाट कृषकहरुले तेव्वर आम्दानी लिन सक्छन् । त्यहाँका कृषकहरुले त्यस्तो सोच अगाडि सारेकाले आफुहरु अनुगमनमा समेत पुगेको घिमिरेले वताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग