Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जापानमा हुने नेपाल फेस्टिवलमा गुल्मी समाजले कार्यक्रम गर्ने

Published on 10:45:00 AM //

बिपिन घिमिरे/रेसुंगा एफ.एम.
जापानको टोक्यो सिटीको कान्दा स्थित समोसा रेस्टुरेन्टमा बसेको गुल्मेली समाज जापानको पाँचौ सचिवालय बिस्तारित बैठकले अगामी जुलाई ३०, ३१ र सेप्टेम्बर १५,१६ मा योयोगी पार्कमा हुन गईरहेको नेपाल फेस्टिबल मा गुल्मेली समाजको तर्फ बाट पर्यटन वर्ष २०११ र गुल्मी जिल्लालाई चिनाउने लगायतका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।
कार्यक्रम गुल्मेली समाजका संयोजक श्री सालिकराम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कार्यसमितिका सचिब मोहन रायमाझी, सल्लाहकारहरु राजु ढकाल, बाबुराम भण्डारी, बलदेव के.सी. लगाएतका बक्क्ताहरुले आ-आफ्नो भनाइहरु राख्नु भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग