Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जुवाडे मास्टर सापहरु जरिवाना तिरेर मुक्त

Published on 1:54:00 AM //


छ दिन अघि तास खेल्दै गरेको अवस्थामा तम्घासको होटलबाट पक्राउ परेका शिक्षक मंगलबार जरिवाना तिरेर मुक्त भएका छन् ।
प्रहरीले विहीवार तम्घासको अमृत गेष्टहाउसबाट तास खेल्दै गरेको अवस्थामा पक्राउ परेका अर्जे–५ का विद्यादेवि प्राविका प्रधानाध्यापक रणबहादुर नेपाली, छापहिले–२ का जमलपोखरा माविका शिक्षक अशोक जि.सी. र इस्मारजस्थल–९ का खड्गदेवी प्राविका शिक्षक धन बहादुर कुँवरलाई जरिवाना लिएर अदालतले मुक्त गरेको हो । तीन जना शिक्षकसंगै छापहिले–२ का हरीलाल थापा पनि पक्राउ परेका थिए ।
जुवा ऐन २०२० अनुसार खेल्नेलाई जनही २ सय रुपैंया र हेर्नेलाई ५० रुपैंया अभियोग दावी अनुसार जिल्ला न्यायधीश खडानन्द तिवारीको इजलासको फैसला अनुसार उनीहरु मुक्त भएको जिल्ला न्यायधिवक्ता कुलप्रसाद पाण्डेले बताए । चार जना मध्ये प्रधानाध्यापक नेपाली हेर्ने मध्येमा परेकाले ५० रुपैंया जरिवानामा परेका थिए ।
जुवा ऐन २०२० अनुसार पहिलो पटक सामान्य जरिवाना र पटकेमा पर्नेलाई दोस्रो पटक देखि कैदसम्मको सजाय व्यवस्था छ । पक्राउ चारै जनाबाट जफत गरिएको रकम र विगो भने जफत गरिएको अदालतले जनाएको छ ।
कान्तिपुर दैनिकबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग