Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वास्थ्यजन्य फोहोर मैला बढी घातक

Published on 8:41:00 AM //

घनश्याम गौतम 
स्वास्थ्य उपचारमा प्रयोग गरेपछि उपयोग नहुने फोहोरजन्य सामाग्रीहरु जथाभावी फाल्दा त्यसको असर दिर्घकालिन र घातक हुने भन्दै त्यस्ता सामाग्रीको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । 
उपचारमा प्रयोगहुने सिरिन्ज, म्याद सकिएका औषधी र ज्वरो नाप्नमा प्रयोग हुने प्यारामिटर भित्रको पारो अत्यन्तै हानीकारक र दिर्घकालिन घातक हुने भन्दै त्यस्ता सामाग्रीहरुको प्रयोग र प्रयोगपछिको व्यवस्थापनमा ध्यान दिन स्वास्थ्यकर्मी एवं सरोकारवालाहरुले आग्रह गरेका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको फोहोरमैला व्यवस्थापन सम्बन्धि अर्न्तक्रिया कार्यक्रममा कहिल्यै नष्ट नहुने धातु जन्य पारोको जथाभावी प्रयोगले मानिस दिर्घ रोगी हुने र गर्भवती महिलाले पारो हातमा राख्ने, मास्क बिना हेर्ने गरेमा गर्भमा भएको बच्चालाई समेत असर गर्ने जन स्वास्थ्य अधिकृत दिपक खनालले बताए ।
पारो जथाभावी फाल्दा त्यो जमिनबाट बाफ बनेर वातावरणमा जाने, फर्केर पानीमा आउने र पानीबाट माछाको माध्यमबाट पुनः मानिसमा जाने भन्दै त्यस्तो माध्यमबाट सरेको पारोको असरले मानिस लुलो, लङ्गडो, पक्षघात लगायतका दिर्घरोगी हुने खनालले बताए । कहिल्यै नष्ट नहुने धातुजन्य पारोले विशेषगरी स्नायु प्रणाली, पाचन प्रणाली, प्रतिरक्षा प्रणाली तथा गर्भवती महिलालाई बढी असर गर्ने भएकोले त्यसलाई त्यसै जमिनमा फाल्न नहुने भन्दै पानी भरेको सिसामा पारो राखेर सिसा बन्द गरी सुरक्षित स्थानमा राख्नुपर्ने उनको सुझाव थियो ।  
त्यस्तै स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर हरीबहादुर के.सी.ले स्वास्थ्य संस्था र क्लिनिकहरुवाट निस्कने विभिन्न प्रकारका फोहोरले वातावरणमा समेत प्रत्यक्ष रुपमा असर पार्ने भन्दै त्यस्ता सामाग्रीहरुको फोहोर व्यवस्थापनमा सबैको ध्यान पुग्नु जरुरी रहेको बताए । यस्तो फोहोर व्यवस्थापनमा विशेष जिम्मेवारी स्वास्थ्यकर्मीकै भएपनि सर्वसाधरणले पनि त्यस्ता फोहोरजन्य व्यवस्थापनमा ध्यान दिनु जरुरी रहेको के.सी.ले बताए । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग