Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खरको छानावाला कच्ची घरहरुमा २० लाखका पक्की शौचालय

Published on 1:15:00 PM //

भरत पाण्डेय 
कच्ची घरमा खरको छानो तर कर्कटपाता र सिमेन्ट लागाएको शौचालय वाग्ला-३ आप|mको दलित बस्तीमा पुग्ने जोकोही पनि अचम्ममा पर्छ। पोहोरसालसम्म खोल्सा र बारीको कुनामा दिसापिसाब गर्ने वाग्ला गाविस-३ आप|mका दलितहरू सबैको घरमा अहिले पक्की शौचालय छ। 

शौचालय निर्माणको लागि ३ लाख रुपियाँ जिल्ला विकास समितिले अनुदान दिएको थियो भने बाँकी रकम जिल्ला तथा गाविसद्वारा संकलन गरिएको थियो। दिसापिसाब गर्नुपर्यो भने सधैं बाटोको डिल र बारीका कुनाकानीमा जाने प्रवृत्तिले फोहोर र रोगको हैरानी खेप्नुपरको गाउँलाई त्यसबाट मुक्ति दिन युवाहरूले गठन गरेको न्यु लुम्बिनी युवा क्लबको पहलमा अहिले गाउँका कच्ची घरमा पक्की शौचालय बनेपछि गाविसमा नाकै छोपेर हिँड्नुपर्ने धेरै ठाउँमा सफा सुग्घर भएको हो।

गाउँमा साह्रै फोहर बढेको कारण रोग फैलन थालेपछि न्यु लुम्बिनी युवा क्लबले केही वर्षघि विभिन्न संघसंस्थाहरूसँग शौचालयका लागि हारगुहार गरेको र उत्पीडित समुदाय उत्थान केन्द्रको पहलमा जिल्ला विकास समिति गुल्मीको सहयोगमा दलित बस्तीमा शौचालय निर्माण शुरू गरिएकेा क्लबका अध्यक्ष हिमप्रसाद पन्थीले बताउनुभयेा। जिविसले प्रत्येक वर्ष१ लाखको दरले तीन वर्षम्म दिएको अनुदान दलितहरूको लागि प्रतिघर १ हजार र गैरदलितको लागि ५ सय रुपियाँ वितरण गरी शौचालय बनाउन प्रेरित गरिएको पन्थीको भनाइ छ। 

तर फोहर र रोगको प्रकोपबाट आजित बनेका वाग्लाबासीलाई जिविसले सहयोग गरेको १ हजार र ५ सय त केबल पे्ररणा मात्र बन्यो। जिविसको सहयोगमा केही रकम गाविसले पनि थपेपछि जागेको प्रेरणाले अधिकांश परिवारले पक्की शौचालय बनाएका छन्। शौचालय बनाउनै पर्ने चेतना जागेर गाउँमा लहरै फैलिएपछि धेरैले १०/१५ हजार रुपियाँ खर्चेर पक्की शौचालय बनाएको वाग्ला-१ का नेत्रप्रसाद पन्थीको भनाइ छ। "५ सय र १ हजार त बहाना मात्रै भयो, एक घरमा १५ देखि २० हजारसम्म लाएर चर्पी बनेका छन्, गाउँमा पहिला चेतनाको कमी हो चेतना भएपछि काम सोचेभन्दा एकदम राम्रो भइहाल्छ।" -उहाँले भन्नुभयो। 

जिविसले तीन वर्षो १/१ लाख रुपियाँका दरले दिएको ३ लाख सहयोगमा साढे तीन सय मात्र शौचालय बनेको भए पनि गाउँलाई सफासुग्घर बनाउने अभियानमा लागेका वाग्लाबासीले आŠनै निजी लगानीमा ७ सय बढी शौचालय बनाएका छन्।

अनुदानमा प्रतिशौचालय दलितको लागि १ हजार र गैरदलितका लागि ५ सय रुपियाँ सहयोग गरे पनि प्रतिशौचालय ५ देखि १५ हजारसम्म लागनी गरेका छन्। 

३ लाख अनुदानको बहानामा अहिले गाउँमा २० लाख रुपियाँजतिको खर्चमा शौचालय बनेको र अभियान शुरू भएपछि अन्य व्यक्तिहरूले निजी लगानीमा १५ लाख रुपियाँमा ३ सय शौचालय निर्माण भएकोले शौचालयकै लागि गाविसमा करिब ३०/३५ लाख खर्च गरिसकेको क्लबका अध्यक्ष पन्थीले बताउनुभयो।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग